/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


पूर्वगृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा बेपत्ता (विस्तृतमा)

Posted: 25 Sep 2016 09:21 AM PDT

उद्दार गरिएकामा बृद्ध महिलासहित चालक विष्णु राई, सशस्त्र प्रहरीका हवल्दार आरसी कार्की र नारायणप्रसाद काफ्ले रहेका छन् । उद्दार गरिएका मध्ये राईको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । पानीमा पुरै डुवेको गाडी निकाल्ने प्रयास भइरहेको प्रहरीले बताएको छ । उद्दारमा शसस्त्र प्रहरी र सेना पनि खटिएको छ । गाडीमा रहेका बेपत्ताहरु डुवेको गाडीमा नरहेको भन्दै प्रहरीले बेपत्ता चार जनालाई त्रिशुलीले बगाएको बताएको छ । नेपाल सरकारका पूर्व मूख्य सचिव समेत रहेका बेपत्ता पूर्व गृहमन्त्री घिमिरे खिलराज रेग्मीको नेतृत्वमा बनेको मन्त्री परिषदमा गृहमन्त्री रहेका थिए । घटनास्थलबाट उद्धार गरिने क्रममा एकजनाको शव भेटिएको र ती व्यक्ति नेपाल प्रहरीका असई भएको बताइएको छ । उनको स्पष्ट परिचय खुल्न बाँकी रहेको छ । उद्धारमा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको आपतकालीन उद्दार टोलीनै खटिएको छ । ………….. उद्धार गरिएकाहरुमा नारायणप्रसाद काफ्ले आरसी कार्की, प्रहरी विष्णु राय र बृद्ध महिला चैतन्यकुमारी घिमिरे रहेका प्रहरीले बताएको छ । उनीहरु मध्ये ३ जनाको मृत्यु भएको बताइएपनि प्रहरीले भने पुष्ठि हुन बाकी रहेको जानकारी दिएको छ । मृतकमध्ये बृद्ध महिला घिमिरेकी आमा भएको अनुमान गरिएको छ । गाडी चालकलाई जिवितैउद्धार गरिएको बुझिएको छ । ………… त्रिशुलीमा खसेको जीपबाट उछिट्टिर बाँच्न सफल भएका घिमिरेका चालक बिष्णु राईले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेका थिए । उनले भने- दमौलीदेखि गाडी उहाँले चलाउनुभएको थियो । दमौलीमा केहीबेर रोकिएपछि घिमिरेले चालक राईलाई भनेका थिए-तिमी थाकेका छौ, केबलकारसम्म म चलाउँछु, अनि तिमी चलाउनू । तर, केबलकार अर्थात कुरिनटार नपुग्दै गाडी त्रिशुलीमा खस्यो । घिमिरेको भनाइ सम्झिँदै चालक राईले भने- केबलकार चढ्ने ठाउँ आउन एक/दुई किलोमिटर छ भने जस्तो लाग्छ, त्यसपछि गाडी कसरी उछिटिएर गयो केही पनि थाहा पाइँन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर आइतबार काठमाडौं फर्किँदै थिए ।
उद्धार गरिएकाहरुमा नारायणप्रसाद काफ्ले आरसी कार्की, प्रहरी विष्णु राय र बृद्ध महिला चैतन्यकुमारी घिमिरे रहेका प्रहरीले बताएको छ । उनीहरु मध्ये ३ जनाको मृत्यु भएको बताइएपनि प्रहरीले भने पुष्ठि हुन बाकी रहेको जानकारी दिएको छ । मृतकमध्ये बृद्ध महिला घिमिरेकी आमा भएको अनुमान गरिएको छ । गाडी चालकलाई जिवितैउद्धार गरिएको बुझिएको छ ।

उद्दार गरिएकामा बृद्ध महिलासहित चालक विष्णु राई, सशस्त्र प्रहरीका हवल्दार आरसी कार्की र नारायणप्रसाद काफ्ले रहेका छन् । उद्दार गरिएका मध्ये राईको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । पानीमा पुरै डुवेको गाडी निकाल्ने प्रयास भइरहेको प्रहरीले बताएको छ । उद्दारमा शसस्त्र प्रहरी र सेना पनि खटिएको छ । गाडीमा रहेका बेपत्ताहरु डुवेको गाडीमा नरहेको भन्दै प्रहरीले बेपत्ता चार जनालाई त्रिशुलीले बगाएको बताएको छ । नेपाल सरकारका पूर्व मूख्य सचिव समेत रहेका बेपत्ता पूर्व गृहमन्त्री घिमिरे खिलराज रेग्मीको नेतृत्वमा बनेको मन्त्री परिषदमा गृहमन्त्री रहेका थिए । घटनास्थलबाट उद्धार गरिने क्रममा एकजनाको शव भेटिएको र ती व्यक्ति नेपाल प्रहरीका असई भएको बताइएको छ । उनको स्पष्ट परिचय खुल्न बाँकी रहेको छ । उद्धारमा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको आपतकालीन उद्दार टोलीनै खटिएको छ । ………….. उद्धार गरिएकाहरुमा नारायणप्रसाद काफ्ले आरसी कार्की, प्रहरी विष्णु राय र बृद्ध महिला चैतन्यकुमारी घिमिरे रहेका प्रहरीले बताएको छ । उनीहरु मध्ये ३ जनाको मृत्यु भएको बताइएपनि प्रहरीले भने पुष्ठि हुन बाकी रहेको जानकारी दिएको छ । मृतकमध्ये बृद्ध महिला घिमिरेकी आमा भएको अनुमान गरिएको छ । गाडी चालकलाई जिवितैउद्धार गरिएको बुझिएको छ । ………… त्रिशुलीमा खसेको जीपबाट उछिट्टिर बाँच्न सफल भएका घिमिरेका चालक बिष्णु राईले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेका थिए । उनले भने- दमौलीदेखि गाडी उहाँले चलाउनुभएको थियो । दमौलीमा केहीबेर रोकिएपछि घिमिरेले चालक राईलाई भनेका थिए-तिमी थाकेका छौ, केबलकारसम्म म चलाउँछु, अनि तिमी चलाउनू । तर, केबलकार अर्थात कुरिनटार नपुग्दै गाडी त्रिशुलीमा खस्यो । घिमिरेको भनाइ सम्झिँदै चालक राईले भने- केबलकार चढ्ने ठाउँ आउन एक/दुई किलोमिटर छ भने जस्तो लाग्छ, त्यसपछि गाडी कसरी उछिटिएर गयो केही पनि थाहा पाइँन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर आइतबार काठमाडौं फर्किँदै थिए ।

लहान नगरपालिकाको चरम लापरवाही ,हेर्नुहोस तस्बिरहरु

Posted: 25 Sep 2016 08:43 AM PDT


लहान नगरपालिकाको लापरवाहीको नतिजा सोवरुप राजमार्गको  बीचबाटोमै गाईवस्तु चौविसै घण्टा देखिन्छ। 
कयौ दुर्घटनाको कारण यसरी छाडा छोरेको जनावरनै हुनेगरेको छ। लहान नगरपालिकाले सुँगुर छाडा छोरेको पाईएमा कारवाही समेत गर्दै आको छ र यस्तो चौपाया बारेमा उचित नियम नलाऊदा लहानको दुर्घटनाको साथै अबेवस्थित भएको छ। सरोकारवालाले समयमा सुच्नु पर्छ।

पूर्वगृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा खस्यो, ५ जना वेपत्ता

Posted: 25 Sep 2016 05:16 AM PDT

९ असोज, चितवन । त्रिशुली नदीमा कार दुर्घटना हुँदा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित पाँच जना वेपत्ता भएका छन् । मुग्लिनबाट काठमाडौं जाँदै गरेको स्कार्पियो कार आइतबार साँझ सडकबाट तल त्रिशुली नदीमा खसेको हो । घटना साँझ ५ बजेतिरको भएको चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए । उनका अनुसार कारमा सवार व्यक्तिहरु घिमिरेका परिवारका सदस्य भएको हुन सक्ने अनुमान गरिएको छ । कार पुरै पानीमा डुबेको र खोजीकार्य जारी रहेको कुँवरले जानकारी दिए । घिमिरे नेपाल सरकारका पूर्वमुख्य सचिवसमेत हुन्

गौरमा भूमाफियाविरुद्ध प्रदर्शन

Posted: 25 Sep 2016 05:11 AM PDT

९ असोज, रौतहट । सार्वजनिक स्थलका रुपमा वर्षौंदेखि प्रयोग भइरहेको गौर राइस मिलको जग्गामा भूमाफियाले आँखा लगाएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । सदरमुकाम गौरको मध्य भागमा रहेको गौर राइस मिलको सार्वजनिक जग्गा बिक्री गर्ने उद्देश्यका साथ भूमाफियाहरु सक्रिय भएपछि आइतबार स्थानीयले जुलुस निकाले ।

सार्बजनिक जग्गा जोगाउन माग गर्दै सिडिओ कार्यालयमा ज्ञापनपत्र पेश

२००३ सालमा स्थापना भएको गौर राइस मिल २०३५ सालमा बन्द भएपछि सार्वजनिक रुपमै रौतहटवासीले प्रयोग गरिरहेका छन् । राइस मिलको नाममा रहेको झण्डै ६ बिघा जग्गामा लामो समयदेखि केही भूमाफियाहरुले आँखा गाडेका छन् । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले २०६७ सालमा मन्त्रिपरिषदबाटै सो जग्गा अधिग्रहण गर्ने निर्णय गरेका थिए । २०७१ मा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले अधिग्रहण अधिकृत नै तोकेर सो जग्गा सार्वजनिक प्रयोगका लागि गौर नगरपालिकालाई जिम्मा लगाउने तयारी समेत गरेको थियो । २०७१ असार ३० गते गौर नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत सुनिलप्रसाद साह र प्रमुख जिल्ला अधिकारीको पहलमा जग्गा नाप जाँच गरी ५ बिघा १९ कठ्ठा १५ धुर जग्गाको मूल्यांकन रजिष्ट्रेशन दस्तुर समेत गरी १४ करोड ७ लाख ९७ हजार रुपैयाँ निकासा गर्न संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयलाई पत्राचार समेत गरेको थियो । गौर नगरपालिकाले अझै पनि सो जग्गा अधिग्रहणको प्रक्रियामा रहेको बताइँरहदा गौरका केही व्यक्तिहरु सो जग्गा बिक्री गर्ने प्रयासमा रहेको स्थानीय बताउँछन् । विभिन्न राजनीतिक कार्यक्रम, खेलकुद, मेला तथा सार्वजनिक प्रयोजनका लागि प्रयोग हुने सो जग्गा बिक्री गराउन भूमाफियाहरुले चलखेल गर्न थालेपछि विभिन्न राजनीतिक दल, पत्रकार, नागरिक समाज र स्थानीयले गौर राइस मिल जग्गा संरक्षण संघर्ष समिति गठन गरेका छन् । संघर्ष समितिको अगुवाईमा सदरमुकाम गौरमा जुलुस प्रदर्शन गरिएको हो । जुलुसले नगर परिक्रमा गरेपछि प्रमुख जिल्ला अधिकारी नरहरी बराललाई ज्ञापनपत्र समेत बुझाएको छ ।

विज्ञान संकाय पढ्ने सुनिता मुसहर समुदायकै प्रथम महिला, ईन्जिनियर बन्ने चाहना

Posted: 25 Sep 2016 12:19 AM PDT

सिरहा, ८ असोज । नेपालको मुसहर समुदायबाट विज्ञान संकायमा प्लस टुमा लिएर पढ्ने पहिलो महिला हुन् सिरहा जिल्लाकी सुनिता कुमारी सदा । हाल उनी लहान स्थित क्याम्समा दिनाभद्री छात्रवृति कोषको सहयोगले अध्य्यन गरिरहेकी छिन । आफनो परिवारको अति कमजोर आर्थिक अवस्थाले गर्दा परिवारको विमतिका बावजुद पनि प्लस टु अध्य्यन गरिरहेकी छिन् । प्लस टु पछि इन्जिनियर बन्ने सुनिताको चाहना छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment