/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


सीके राउतले गरे टीयूमा विद्यार्थीहरुसँग अन्तरक्रिया

Posted: 24 Sep 2016 10:56 AM PDT

काठमाडौं ८ असोज । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले कृतिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका छन् । शनिबार विहान डा.राउतले करिब दुई सयको संख्यामा उपस्थित त्रिभुवन विश्व विद्यालयका विद्यार्थीहरुसँग मधेशका समस्या तथा स्वतन्त्र मधेशका बारेमा चर्चा गरेका थिए । दशैंतिहार छठको शुभकामना आदानप्रदान गर्न मधेशी विद्यार्थी समाजद्धारा आयोजित उक्त कार्यक्रमा डा.राउतले नेपालको संविधान निर्माण वा संशोधन गरेर मधेशीले अधिकार पाउन नसक्ने दाबी गरे । डा.राउतले भने,'नेपालको जस्तो सुकै संविधान बने पनि मधेशीले अधिकार पाउने छैन । नेपाली सेनाले जुनसुकै बेला हस्तक्षेप गरेर अधिकार खोस्न सक्नेछन् । नेपाल सरकारले मधेशीले पाएको नागरिकता जुनसुकै बेला खारेज गर्न सक्नेछन् । बारम्बार आन्दोलन गरेर मधेशी जनताको हत्या गराउनु भन्दा शान्तिपूर्ण ढंगले स्वतन्त्रता खोज्नु उपयुक्त हुन्छ ।' डा.राउतले मधेश देश बनाउन चार वटा आधार मध्ये दुई वटा आधार कायम रहेको बताए । उनले अव मधेशमा उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्न अथवा नेपालको संसदबाट राजिनामा दिएर मधेश संसद गठन गर्न आग्रह गरे । अथवा मधेशमा स्वतन्त्र मधेशका लागि निर्वाचन गराउन आग्रह गरे । जसबाट तेस्रो आधार पनि कायम हुने डा.राउतले तर्क गरे । 
 त्यस्तै उनले चौथो आधार अन्तर्राष्ट्रिय समर्थनका लागि गृहकार्य भइरहेको बताए । उनले मोर्चा आन्दोलनमा रहेको बेला अन्तर्राष्ट्रिय निकायले मधेशीलाई प्राथमिकतामा राखेर मोर्चाका नेताहरुलाई बोलाएको बताए । तर मोर्चाका नेताहरुले अन्तर्राष्ट्रिय स्तरमा मधेशलाई रिकोगनाईज गर्न नसकेको आरोप डा.राउतले लगाए । त्रिभुवन विश्व विद्यालयको विभिन्न विषयका करिब दुई सय विद्यार्थी तथा प्राध्यापकहरु कार्यक्रममा सहभागी भएका थिए । अधिकांश विद्यार्थीहरुले डा.राउतको विचारलाई समर्थन गरेका थिए ।                           स्रोत:हुलाकी 

भैरहवा विमानस्थलमा अवतरणका क्रममा यती एयरलाइन्स दुर्घटना

Posted: 24 Sep 2016 06:20 AM PDT

काठमाडौं ८ असोज । शनिबार यती एयरलाइन्सको विमान भैरहवामा अवतरणको क्रममा दुर्घटना भएको छ । २९ जना लिएर काठमाडौंबाट भैरहवा उडेको उक्त विमान भैरहवा विमानस्थलमा अवतरण गरेपछि रनवेबाट २५० मिटर चिप्लिएर घाँसे मैदानमा पुगेको थियो ।के कारणले विमान रनवेमा चिप्लयो भन्ने बारे थाह भएको छैन । उक्त विमानमा सवार सबै यात्रु तथा चालकदलका सदस्य भने सकुशल रहेका छन् । भैरहवाीसथत जिल्ला प्ररही कार्यालयका डिएसपी विरबहादुर पाण्डेका अनुसार विमान ४ बजेर ५५ मिनेटमा विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो । उनको अनुसार उक्त विमानमा २९ जना यात्रु सवार थिए ।

स्थानीय निर्वाचन चैत मसान्तभित्रै गराउने सरकारको तयारी रहेको उपप्रधानमन्त्री निधिको भनाई

Posted: 24 Sep 2016 06:09 AM PDT

महेन्द्रनगर (धनुषा), ८ असोज । वर्तमान नेपाल सरकारको उपप्रधान मन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन मार्फत मधेसका मुद्दाको सम्बोधन हुने बताउनुभएको छ । उहाँले संविधानका केही बुँदालाई लिएर विद्यमान असहमति र विवादलाई संशोधनको माध्यमले सुल्झाउन सकिने बताउनु हुँदै संशोधनको पक्षमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) समेत सहमत हुने बताउनुभयो । गृहमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला धनुषाको तीनदिने भ्रमणमा आज जनकपुर आइपुग्नुभएका उपप्रधानमन्त्री निधिले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले)ले समेत संविधान परिवर्तनीय र संशोधनीय हुने कुरालाई स्वीकार गरिसकेकाले संशोधन प्रक्रियामा एमालेको समेत सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री निधिले निर्धारित समयमै स्थानीय चुनाव हुने उल्लेख गर्दै सीमाङ्कन सम्बन्धी संवैधानिक आयोगको बुझाइसँग फरक मत रहेकाले ती जम्मै पृथक धारणालाई एक ठाउँमा ल्याएर सर्वस्वीकार्य हुने किसिमको सीमाङ्कनका आधारमा स्थानीय निर्वाचन चैत मसान्तभित्र नै गराउने सरकारको तयारी रहेको प्रष्ट जनाउनुभयो । हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने सरकारको प्रस्ताव रहेको भन्ने विभिन्न सञ्चारमाध्यममा आएका समाचार गलत र भ्रामक रहेको भन्दै यस विषयमा आफूले त्यस्तो अभिव्यक्ति नदिएको समेत बताउनुभयो । उहाँले नेपाली सरकारी कामकाजको भाषा रहेको देशमा बोलिने अन्य भाषालाई समेत संविधानको अनुसूचीमा राख्ने सन्दर्भमा आफूले राखेको प्रष्ट्याउनुभयो । सञ्चारकर्मीको एउटा जिज्ञासाको उत्तरमा गृहमन्त्री निधिले आफू र प्रहरी प्रमुखबीच सम्बन्ध बिग्रेकोबारे गलत अफवाह फैलाइएको भन्दै प्रहरी प्रमुखसँग सम्बन्ध समधुर रहेको स्पष्ट पार्नुभयो । आज बुद्ध एयरको विमानबाट जनकपुर आइपुग्नुभएका निधिलाई विमानस्थलमा हजारौँंको सङ्ख्यामा रहेका नेपाली काँग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक, सरकारी अधिकारी तथा कर्मचारी लगायतले फूलमालाले स्वागत गरेका थिए । उपप्रधान एवम् गृहमन्त्री निधि आजै नेपाली काँग्रेस, धनुषाद्वारा जनकपुरमा आयोजना हुने कार्यक्रममा अभिनन्दन ग्रहण गर्नुहुनेछ भने आजै जनकपुर उद्योग वाणिज्य सङ्घको ५० औँं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । गृहमन्त्री निधिको जनकपुर आगमनसँगै जनकपुर क्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । रासस

संविधान नमान्नेलाई कारबाही गर्नुपर्छ : वामदेव गौतम

Posted: 24 Sep 2016 05:57 AM PDT

काठमाडौँ, ८ असोज । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले मुलुकको सबैभन्दा ठूलो कानुनका रुपमा रहेको संविधान मान्दैनौँ भन्नेहरुलाई राज्यले कारबाही गर्नुपर्ने बताउनुभएको छ । प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको विजयादशमी, दीपावली र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संविधान नमान्नेलाई संविधान बमोजिम नै कारबाही गर्नुपर्छ भन्नुभयो । "नेपालको संविधान सबैले मान्नुपर्दछ", उहाँले भन्नुभयो – "संविधानका बारेमा एकदिन दुईदिन फरक धारणा राख्न सकिए तापनि संविधान जारी भएको एक वर्ष पुग्दा पनि मान्दैनौँ भन्नेलाई कारबाही गर्नुपर्दछ ।" उहाँले संविधान जारी भइसकेपछि कार्यान्वयन भइसकेको उल्लेख गर्दै सीमाङ्कनका सवालमा कुनै जिल्लाको सीमा तलमाथि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले देशलाई विखण्डन गर्न संविधान संशोधन गर्न थालिएको भन्दै एमालेबिना संविधान संशोधन हुन नसक्ने ठोकुवा गर्नुभयो । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहनुभएका गौतमले निर्वाचन नगराएर सरकारले देशमा संवैधानिक, राजनीतिक सङ्कट ल्याउन खोजेको आरोप लगाउनुभयो । केपी शर्मा ओली आफ्नो समर्थनमा नै पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको चर्चा गर्दै तर पछिल्लो पटक नेकपा (माओवादी केन्द्र)सँग सरकारको गठबन्धन टिकाउने सवालमा भने ओलीसंग मतभेद भएको उल्लेख गर्र्नुुभयोे । कार्यक्रममा सांसद हिराबहादुर केसी, धनबहादुर रायमाझीले संविधान कार्यान्वयनतर्फ सरकारले ध्यान नदिएको आरोप लगाउनुभयो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment