सिरहा, ०८ भदौ । रामनगर मिर्चैया उद्योग बाणिज्य संघको हुन गईरहेको चुनावको माहोल तातिएको छ । असोज १० गते हुने निर्वाचनको लागि तीन वटा प्यानल अहिले प्रचार प्रसारमा व्यस्त रहेका छन् । युवा, व्यवसायी हरिशंकर साह, गणेश प्रसाद साह र हरिकिशोर महतोका तीन प्यानल चुनावी मैदानमा छन् । अहिलेसम्मको माहोलले हरिशंकर साह प्यानलको अवस्था सवैभन्दा बलियो रहेको बताइएको छ । युवा र सवैलाई समेटेर अगाडी बढ्न सक्ने क्षमताका कारण उहाँलाई व्यवसायीहरुको साथ रहेको बुझिएको छ । यसअघि व्यापार समिति समय सापेक्ष तथा व्यवस्थित हुन नसकेको भन्दै अव नयाँ पूस्ताले त्यसको नेतृत्व लिनु पर्ने व्यवसायीहरुको धारणा रहेका छन् । व्यवसायीहरुले युवाहरुमा आफ्नो व्यवसायलाई व्यवस्थित बनाउने योजना र जागर पनि भएकोले युवा नेतृत्वलाई स्थापित गर्नु पर्ने यहाँको युवा व्यवसायीहरुको मत रहेको छ । हामीले हाम्रो व्यवसायलाई मर्यादित, व्यवस्थित बनाउँदै उपभोक्तालाई पनि मर्कामा पार्नु नहुने आश्यक्ता रहेको अध्यक्ष पदका उमेद्वार हरिशंकर साहले बताउनु भयो । उहाँले सवैभन्दा पहिला उपक्ता र व्यवसायको सम्वन्ध राम्रो पार्न व्यसायलाई मर्यादित बनाउनु पर्ने बताउनु भयो । यस सँगै व्यवसायीहरुले आफ्नो व्यवसायसँगै सामाजिक विकासको दायित्व पनि वहन गर्नु पर्ने बताउनु भयो । उहाँले आफ्नो प्यानल विजयी भए अन्य विकासे संस्थाहरुसँग साझेदार गरी व्यवसायिक क्षेत्रमा विकास निर्माणको काममा पनि हात बढाउने बताउनु भयो । साहको प्यानलमा युवाहरुको वर्चस्व रहेको वताइएको छ ।
उहाँले अवको दिनमा युवाहरुले नै व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न सक्छ भनेर नै युवाहरुको साथमा अगाडी बढ्न चाहेको बताए । साहको प्यानलका वरिष्ठ उपाध्यक्षमा अरुण सिंह, उपाध्यक्षमा प्रमोद साह, रामवहादुर साह, महासचिवमा कासिन्द्र प्रसाद गुप्ता, सचिवमा भरत महासेठ र कोषाध्यक्षमा मो. मोति रहमान सेखले उमेदवारी दिएका छन् । सदस्यहरुमा क्रमशः रामदेव कारक, देवकुमार महतो, प्रमोद महतो (बुद्धिनाथ), शुनिल महतो, हरि मोदन मण्डल, रामप्रताप यादव, गंगाप्रसाद साह र जयप्रकाश महतो रहनुभएको छ ।त्यसैगरी गणेश प्रसाद साह नेतृत्वले कुशल तथा सक्षम नेतृत्वका आफ्नो प्यानल चुनावमा उत्रिएको बताएको छ । उहाँहरुले आफ्नो प्यानललाई कुशल नेतृत्वको प्यानलका रुपमा प्रस्तुत गरेको छ । यो प्यानलको वरिष्ट उपाध्यक्षमा अजय कुमार साह (गिरिधारी), उपाध्यक्षमा रामलोचन साह सुडि, अंजय कुमार साह, महासचिवमा राजिव रंजन यादव, सचिवमा गंगा साह सुडि र कोषाध्यक्षमा नविन कुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । त्यसैगरी हरिकिशोर महतोको नेतृत्वमा पनि प्यानल प्रस्तुत गरेको छ । यो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा जिमी कुमार यादब, उपाध्यक्षमा अनिल कुमार महतो, रामेश्बर यादब, महासचिबमा राकेश कुमार साह, सचिबमा राजलाल महतो र कोषाध्यक्षमा रधुनाथ महतोले उम्मेदबारी दिएका छन् ।
बृहत मोटरसाईल रयाली ।
चुनाबको प्रचार प्रसार गर्ने क्रममा हरी शंकर साह प्यानलले आज मिर्चैयामा बृहत मोटरसाइकल रयाली प्रदर्शन गरेका छन् । मिर्चैयाको साझा संस्था चौकबाट सुरु भएको मोटरसाइकल र्याली बन्दिपुर, कल्याणपुर लगातका स्थान परिक्रमा गर्दै पुनः मिर्चैया आएर सम्पन्न भएको आयोजकले जनाएको छ ।
No comments:
Post a Comment