Onlinesiraha-Nepali |
- सामुदायिक रेडियो समग्र एफएम सातौं वर्षमा प्रवेश
- सिरहामा गाडीको ठक्करबाट एकको मृत्यु
- मधेशका जिल्लामा थुनुवा र कैदी भेट्न नपाईने
- सप्तरीमा हैजाको महामारी तर प्रसासनले उचित कदम उठाएनन्
- सरकारी प्रतिबद्धतापछि जनकपुर–भिठ्ठामोड सडकका लागि संघर्षरतहरुले अनसन तोडे
सामुदायिक रेडियो समग्र एफएम सातौं वर्षमा प्रवेश Posted: 22 Sep 2016 05:18 AM PDT बद्री नारायण यादव सिरहा, असोज ६ गते । सामुदायिक रेडियो समग्र एफएमले लहानको मारवाही सेवा समितिको सभाकक्षमा बुधवार एक कार्यक्रम गरेर छैठौं बार्षिकोत्सव मनाए । कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले सामुदायिक रेडियो एफएमहरुले स्थानीय स्तरमा देखा पर्ने गरेका समस्या र समाधानको उपाय पहिल्याउदै समाचार प्रसारणमा जोड दिनुपर्ने बताए । राजधानी केन्द्रित संचालित विभिन्न अनलाईनहरुको समाचारलाई सामुदायिक रेडियोहरुले प्रसारणको मुल आधार मान्दै आएको उनीहरुले गुनासो गरे । 'कतिपय सामुदायिक रेडियोले समाचार बाचन गरिरहदा हाम्रो एफएमलाई बतायो भन्नुको साटो फलानो अनलाईन भन्दै अकमकाउन थाल्छन्,' उनीहरुले भने । ![]() उनीहरुका अनुसार समयक्रमको फेरबदलसँगै स्थानीय स्तरमा धेरै यस्ता समस्याहरु देखा परेका छन् जसलाई राष्ट्रिय स्तरका मिडियाहरुले स्थान दिएको पाइदैन् । स्थानीय स्तरका मिडिया हाउसहरु खासगरी सामुदायिक रेडियोहरु राष्ट्रिय स्तरका मिडिया हाउसको आँखाको काम गर्दै आएको तर्क गर्दै उनीहरुले ती मिडियाहरुले उठाउन नसकेका स्थानीय सवाललाई सामुदायिक रेडियोहरुले जोडदार रुपमा उठाउनुपर्ने माग गरे । राष्ट्रिय स्तरका मिडियाहरुले उठाउन नसकेका, गर्न नसेका स्थानीय सवाललाई समेट्दै समाचार प्रसारणमा सामुदायिक रेडियोहरु जुट्न नसकेको नागरिक दैनिकका सिरहा समाचारदाता मिथिलेश यादवले टिप्पणी गर्दै भने,'सामुदायिक रेडियोहरुले स्थानीय सवालमा विषेश केन्द्रित भएर समाचार प्रसारणमा जुट्यो भने सम्बन्धित निकायले दायित्वबोध हुनेछ । साथै राष्ट्रिय मिडियामा काम गर्नेहरु पनि थप जिम्मेवार हुनेछन् ।' सञ्चारक्षेत्रमा काम गर्नेहरुको निराशाको दिन गइसकेको तर्क गर्दै मिथिलेशले काम गर्नेहरुको लागि नेपाली पत्रकारिताले नाम र राम्रो दाम दिन सक्ने अवस्था सृजना गरिदिएको बताए । उनका अनुसार जोसँग लेखन सीप छ, जसले नयाँ दृष्टिकोणबाट लेखन गर्न सक्छ र लेखिरहने व्यक्तिलाई आफ्नो अवश्यकता पूर्ति गर्न अरुको मुख ताक्नुपर्दैन् । सामुदायिक रेडियो समग्रको उदाहरण दिँदै मिथिलेशले जिल्लामा संचालित अन्य एफएमहरु भन्दा यो एफएमले आफ्नो कार्यनीति अनुसार दर्जनौं सञ्चारकर्मीहरुलाई अवसर र रोजगार दिएको बताए । सामुहिक पहल र प्रयासको प्रभावमा यस एफएममा काम गर्नेहरुको सीप विकासमा तिखार आएको उनले भने । स्थानीय मिडियाहरु प्रतिको नराम्रो सोचलाई फेर्दै समग्र सामुदायिक रेडियो अघि बढेको सवल पक्ष रहेको समाजसेवी एवम् सरसफाई अभियन्ता धिरेन्द्र कुमार साहले बताए । युवाहरुको प्रयासले संचालित यो एफएमको हरेक दुःख र सुखमा साथ रह्ने उनले प्रतिबद्धता जनाए । युवाहरुको संगठित समग्रको टिम धेरै हदसम्म सफल र राम्रो रहेको प्रशंसा गर्दै नेपाल पत्रकार महासंघ सिरहाका सचिव जीवछ यादवले सामुदायिक रेडियोहरुलाई वर्गीकरण गरेर उनीहरुको बचाउका लागि राज्यले कार्यनीति लिनुपर्ने बताए । विज्ञापन र सञ्चार नीतिलाई स्थानीयमैत्री बनाउन उनले जोडदार माग गरे । संस्था अध्यक्ष भैरव प्रसाद गेलालको सभापतित्वमा भएको बार्षिकोत्सव समारोहमा सर्च फर कमन ग्राउण्ड नेपालकी कार्यक्रम व्यवस्थापक मीना शर्मा, सामुदायिक रेडियो प्रसारक संघका सदस्य एवम् रेडियोका संस्थापक अध्यक्ष सुनिल कुमार साह,गैरसरकारी संस्था महासंघका सिरहा अध्यक्ष गोविन्दराज विष्ट, रेडियो सरगमका संचालक फिरोज शेख लगायतले सामुदायि रेडियोहरुको आवश्कता र स्थानीय विकासमा उनीहरुको भुमिका दर्शाउदै विचार व्यक्त गरेका थिए । समग्र जन उत्थान केन्द्र लहानद्वारा संचालित एफएमको उक्ता बार्षिकोत्सवमा समाजसेवी धिरेन्द्र कुमार साह, संगीतकार तेजु मैथिल र रेडियोको आन्तरिक व्यवस्थापनमा विषेश योगदान गरेकी पुष्पा गौतमलाई दोसल्ला उढाई सम्मान पत्र प्रदान गरेर सम्मान गरियो । कार्यकुशलताको कदर गर्दै रेडियोमा काम गर्ने कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । तेजु आफै संसार देख्न नसकेपनि संगीतको माध्यमले अरुलाई संसार र संस्कार बुझाउदै आएका छन् । तेजु दृष्टिविहिन युवा छन् तरपनि गायन क्षेत्रमा आफ्नो राम्रो पहिचान कामय गर्दै अघि बढिरहेका छन् । | ||
सिरहामा गाडीको ठक्करबाट एकको मृत्यु Posted: 22 Sep 2016 05:09 AM PDT
| ||
मधेशका जिल्लामा थुनुवा र कैदी भेट्न नपाईने Posted: 22 Sep 2016 05:10 AM PDT काठमाडौं, ६ असोज। नेपालको तराईरमधेश क्षेत्रका जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयहरुमा मानवअधिकारकर्मी र कानून व्यावसायीहरुलाई थुनुवाकैदीसँग भेटघाट गर्न नदिएकोमा एशियाली मानव अधिकार आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आज सोसम्बन्धी विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले मानवअधिकारकर्मी तथा अधिवक्ताहरुलाई थुनुवा तथा हिरासत अनुगमनमा लगाएको रोकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरीको मानव अधिकारप्रतिको प्रतिबद्धतालाई शङकाको घेरामा राखेको टिप्पणी पनि गरेको छ । आयोगले तत्काल थुनुवा तथा हिरासत अनुगमनका लागि सहज वातावरण निर्माण गर्नका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायसँग अपील समेत गरेको छ । नेपाल प्रहरीले हिरासतमा लिएका व्यक्तिहरुलाई दिएको यातना तथा गैरकानुनी थुनाका घटनाहरु व्यापक रुपमा बाहिर आउन थालेपछि नेपाल प्रहरीले थुनुवासँग भेट गर्नबाट रोक लगाएको पनि जनाएको छ ।
![]() | ||
सप्तरीमा हैजाको महामारी तर प्रसासनले उचित कदम उठाएनन् Posted: 21 Sep 2016 11:33 PM PDT ![]() कोइलाडी गाविसका २, ४, ६ र ९ वडामा फैलेको झाडा पखालाले ग्रसित भएका बिरामीमध्ये २२ जनाको गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल राजविराजमा, ७ जनाको गाउँकै स्वास्थ्य चौकीमा र ४५ जनाको स्वास्थ्यकर्मीको निगरानीमा घरैमा राखि उपचार भइरहेको कोइलाडीका स्वास्थ्य चौकी इन्चार्ज परशुराम यादवले जानकारी दिए । उनका अनुसार ती वडाहरुबाट थप झाडा पखालाले ग्रसित बिरामीहरु आउने क्रम रोकिएको छैन । | ||
सरकारी प्रतिबद्धतापछि जनकपुर–भिठ्ठामोड सडकका लागि संघर्षरतहरुले अनसन तोडे Posted: 21 Sep 2016 11:11 PM PDT महोतरी, ५ असोज । जनकपुर–भिठ्ठामोड सडक संयुक्त संघर्ष समितिले गत नौ दिनदेखि महोत्तरीको पिपरा बजारमा जारी गरेको आमरण अनसन बुधबारबाट फिर्ता लिएका छन् । अनसनकारीहरुका मागप्रति ध्यानकर्षण भएको र त्यसअनुरुप गर्न सरकार तयार रहेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले वाचन गरेपछि पिपरा निवासी ९१ वर्षीय अनुरुद्र मिश्रले जुस खुवाएर अनसन तोडाएका छन् । जनकपुर–भिठ्ठामोडको १८ दशमलब ५६ किलोमीटर सडक खण्डलाई छ लेनको बनाउने अनसनकारीहरुको मागलाई सरकारले गम्भीरतापूर्वक लिएको र सोको सम्भाव्यता अध्ययन गरिने कुरा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएपछि अनसन फिर्ता गर्न आन्दोनकारीहरु सहमत भएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एउटा प्रेस विज्ञप्ति जारी गरी सो सडक खण्डमा अहिले बनाउन थालिएको चार लेनलाई निर्धारित समय अघि नै सम्पन्न गर्ने, सडक सञ्चालनका लागि दशै अगाडि नै मरम्मतसम्भार गर्ने र निर्माण कार्यको गुणस्तरलाई जनसहभागितामा अनुगमन गरिने पनि जनाएको छ । गत भदौ २४ गते उक्त सडक खण्डमा ९३ करोड ४३ लाख ९३ हजार पाँच सय ८१ रुपियाँको लागतमा निर्माण हुने चारलेन सडकको शिलान्यास भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले गरेका थिए । यस निर्माणसँगै मुख्य बजार क्षेत्रमा थप दुई लेन बनाइने मन्त्रालयको विज्ञप्तिमा छ । सोको निर्माण अवधि दुई वर्ष छ महिना निर्धारण गरिएको थियो । ![]() |
You are subscribed to email updates from OnlineSiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment