/ , , , / कठोर पर्व जितिया देश भर मनाईदैँ

कठोर पर्व जितिया देश भर मनाईदैँ

काठमाडौँ, ७ असोज । आज तराई तथा देश भरि रहेका मैथिली मिथिलाअंचल र थारु समुदायका महिलाको महान् लोक पर्व जितिया पर्व धुमधामका साथ मनाउँदै छ । जितिया पर्व मधेसी र थारु समुदाय संस्कृतिको पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई “जिमुतवाहन ” व्रत पनि भनिन्छ । यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन मधेस र थारु समुदायका प्रत्येक गाउँघर, सहरका महिलाले मनाउँछन् । विशेष रुपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यसलाई “खड् जितिया” पनि भनिन्छ । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने उसको आमाले खड् जितिया गरेकी रहिछन् भन्ने मान्यता पनि रहेको छ ।
जितिया पर्वको बिधि
जिमुतवाहनको पूजा
कृष्ण अष्टमीका दिन व्रतालुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अर्घ अर्पण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले  छोपिन्छ ।

“यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा पनि लिइन्छ ।


पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र प्राचीन प्रक्रिया अनुरुप पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ । जितिया पर्व यस कारणले पनि प्रसिद्ध छ कि यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो पुत्रको आयु वृद्धि हुने जनविश्वास पाइन्छ ।जितिया पर्वको मुख्य उदेश्य मोक्ष प्राप्तिको कामनासँगै परिवार कल्याण पनि रहेको धारणा पाइन्छ । 
अर्थात् जितिया पर्व धेरै ठूलो छ । यो पर्व गर्न आमाले छोराछोरीलाई ठोकठाक पारेर सुताइदिन्छे अनि आफू थालभरि खान्छे । तर वास्तविकता त्यो होइन, त्यो त खाली त्यसको पवित्रता र महत्वलाई दर्शाउने गरी त्यो पर्व गर्नुभन्दा अगाडि प्रत्येक महिलाले व्रत लिन अपनाउने सतर्कताका क्रममा गरिने चरणको कार्यमात्र हो ।

यस पर्वको आफ्नै विशिष्ट विधिविधान रहेको छ । पर्वको एक दिनपूर्व अर्थात् सधवा स्त्रीसँग माछा एवम् कोदोको रोटी खाने गर्छन् भने विधवाले भात, चिउरा, कोदोको रोटी खाने परम्परा रहेको छ ।
शाकाहारी हुनेले स्नान गरेर गम्हरी ९कोसाभित्रै फल्ने धान०को खीर वा भात पनि खाने चलन छ । अष्टमी तिथिको बिहान ३,४ बजेतिर नै प्रत्येक महिलाले आचमन शुद्धि गरी घिरौंलाका पातमा तेल लगाएर त्यसमाथि पिनाको अर्घ राख्छन् । त्यसपछि दिनरात उपवासमा बस्नुपर्ने भएकाले छाकभरि भोजन गर्छन् ।
महिलाले व्रत उपवास गर्नुभन्दा पहिला नै खाने गरेकाले नै होला, यस व्रतका सन्दर्भमा माथि उल्लेख गरिएको भनाइको चलन भएको विश्वास छ ।
बच्चा ब्युँझेपछि तिनका आमाले तिनको मुख, हात धुन लगाई राति तिनका लागि घिरौँलाका पातमा राखेका नैवेद्य स्वरुपको चिउरा, दही खान दिन्छन् र आफू दिनरात उपवासमा बसेर जिमुतवाहन र चुल्हो सियारोको कथा सुन्छन् । जुन दिन नुहाएर खाइन्छ त्यसको भोरमा घरको भित्तामा अडेस लिएर मन्त्र पढिन्छ जसलाई ओङगठन भनिन्छ । 
भोलिपल्ट बिहानै सकालै उठेर व्रतीले पोखरी, नदीमा गएर स्नान गर्छन् र त्यही डिलमा घिरौँलाको पात, कचौरामा लगेको तेल लगाई त्यसमाथि हल चढाएर अर्घ दिसकेपछि घर आउँछन् र आ–आफ्ना सन्तानका कपालमा कचौरामा रहेको सो पूजनको तेल लगाइदिने चलन रहेको छ ।
यसपछि सबैलाई दही, चिउरा र फलफूल खान दिएर व्रती आफू पनि पारायण गरेर पर्वको समापन गर्छन् ।

मध्याह्नतिर टोलभरिका महिलाले एक ठाउँमा भेला भएर जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ, जिमुतवाहन देउताका बारेमा एउटी व्रतालु महिलाले कथा वाचन गर्छन् र सबैले कथा श्रवण गरेपछि आ–आप्mना घर फर्किन्छन् । साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ ।
त्यो पोखरीको डिलमा पाकडी रुखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोकोे चिलको आकृति र हाँगामुनि स्यालको आकृति बनाउँछन् । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रतालु महिलाले पूजापाठ गर्छन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment