/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


नेपालमा दुई करोड ९४ लाख १९ हजारमा मोबाइल सेवाको पहुँच

Posted: 20 Sep 2016 11:03 PM PDT

५ असोज, काठमाडौं । दूरसञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको मोबाइल सेवामा नेपाली जनताको पहुँच दु्रततर बन्दै गएको छ । दूरसञ्चार क्षेत्रको नियमन निकाय नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हरेक दिन मोबाइल सेवामा दस हजार नयाँ ग्राहक थपिन्छन् ।
 तथ्याङ्क अनुसार गत माघदेखि जेठ महिनासम्म हरेक महिना औसत तीन लाखभन्दा बढी ग्राहक थपिँदै
प्राधिकरणले जेठ महिनासम्म सार्वजनिक गरेको दूरसञ्चारसम्बन्धी प्रतिवेदनअनुसार पछिल्लो पाँच महिनामा हरेक दिन औसत सो सङ्ख्या बराबर मोबाइल सेवाको पहुँच थपिँदै गएको पाइएको हो । तथ्याङ्क अनुसार गत माघदेखि जेठ महिनासम्म हरेक महिना औसत तीन लाखभन्दा बढी ग्राहक थपिँदै गएका अाजकाे गोरखापत्रमा समाचार छ । अहिले मोबाइल सेवाको पहुँच नेपालको कुल जनसङ्ख्याभन्दा निकै बढी पुगेको छ । प्रतिवेदनअनुसार दुई करोड ९४ लाख १९ हजारमा मोबाइल सेवाको पहुँच पुगेको छ। त्यसमध्य सीडीएमए मोबाइल प्रयोगकर्ताको सङ्ख्या १४ लाखभन्दा केही बढी रहेको छ । बाँकी सबै ग्लोबल सिस्टम फर मोबाइल (जीएसमए)को रहेको छ। हाल नेपालमा तीनवटा दूरसञ्चार सेवा प्रदायकले मोबाइल सेवा उपलब्ध गराइरहेका छन् । नेपाल टेलिकमले जीएसएम र सीडीएमए दुवै तथा एनसेल र स्मार्ट टेलिकमले जीएसएममा आधारित मोबाइल सेवा प्रदान गर्दै आएका छन् । जसमध्ये पछिल्लो तथ्याङ्क अनुसार सीडीएमए र जीएसमए गरी टेलिकमका एक करोड ४८ लाख, एनसेलका एक करोड ४० लाख र स्मार्ट टेलिकमका करिब १४ लाख मोबाइल प्रयोगकर्ता छन् । सेवा प्रदायकले आफ्नो नेटवर्क विस्तारलाई पछिल्लो समय प्राथमिकता दिएकाले पनि सिम खरिद गर्ने ग्राहक बढेको एनसेलका कम्युनिकेसन एक्सपर्ट मिलनमणि शर्माको भनाइ छ ।

बर्दियामा जिपीयस जडित अत्याधुनिक एसी बसहरु संचालनमा

Posted: 20 Sep 2016 10:58 PM PDT

बर्दिया,(गुलरिया) । बर्दियामा जिपीयस जडित अत्याधुनिक एसी बसहरु संचालनमा आउने भएको छ । गुणस्तरीय सेवामा सधै प्रतिवद्धता भन्ने मुल नारा सहित भेरी यातायात प्रा.लिले बर्दियामा डिलक्स एअर एसी वसहरु संचालनमा ल्याउने भएको हो । असोज १ गते विश्वकर्मा पूजाको अवसर पारेर गुलरिया स्थित अस्पताल रोडमा कार्यालय उद्घाटन गर्दै असोज ३ गतेबाट सेवा संचालनमा ल्याइृने प्रालीका अध्यक्ष राजेन्द्र गिरिले वताए ।
 यात्रुहरुलाई सुरक्षित र भरपर्दो सार्वजनिक यातायातमा पहुँच पुर्याउन सेवा संचालनमा ल्याएको प्रालिको दावी
यात्रुहरुलाई सुरक्षित र भरपर्दो सार्वजनिक यातायातमा पहुँच पुर्याउन सेवा संचालनमा ल्याएको प्रालिको दावी छ । कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको प्रालिले घरमै बसेर ईन्टनेटबाट आफ्नो टिकट सुरक्षित गर्न सक्ने जनाएको छ । ईन्टरनेटको पहँुच नभएकाहरुलाइृ मोवाईल मार्फत एसएमएस गरि टिकट र सीट सुरक्षित गर्न सकिने संलग्न प्राविधिकहरुले वताएका छन्। साथै बिरामी यात्रुका लागि अक्सिजन सिलिण्डर सहितको एम्वुलेन्स सिट, स्वादिलो, सफा र ताजा खाना खुवाउने प्रतिवद्धता व्यक्त गरेको छ । बर्दिया सदरमुकाम गुलरिया,शान्तिबजार र सानोश्रीबाट काठमाण्डौका लागि बस संचलनमा ल्याईने प्रनलीले जानकारी गराएको छ । पत्रकार सम्मेलन मार्फत प्रालिले सार्वजनिक यातायातको क्षेत्रमा आफ्ना सेवाहरुलाई नयाँ विकल्पको रुपमा प्रस्तुत गर्ने जनाएको छ । २० वटा वस संचालनमा ल्याउने प्रालिले जनाएको छ ।

शिक्षक आयोगद्धारा माविको नतिजा सार्वजनिक, अन्तर्वार्ता केन्द्रमै

Posted: 20 Sep 2016 11:09 PM PDT

भक्तपुर - शिक्षक सेवा आयोगले लिएको माध्यमिक तह स्थायी शिक्षकको नतिजा सार्वजनिक भएको छ । गत असारमा भएको परीक्षाको पहिलो चरणमा मंगलबार ५ विषयको नतिजा सार्वजनिक गरेर आयोगले माविको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको हो । स्वास्थ्य जनसंख्या तथा वातावरण, संस्कृत भाषा, संस्कृत साहित्य, कृषि र कम्प्युटर विज्ञानको नतिजा सार्वजनिक भएको आयोगले जनाएको छ । नतिजाको लागि : http://www.tsc.gov.np नतिजा अनुसार स्वास्थ्य, जनसंख्या तथा वातावरणमा मध्यपश्चिमाञ्चलबाट परीक्षामा सहभागि ६ सय मध्ये ११ जना, पश्चिमाञ्चलबाट परीक्षामा सहभागि ११ मध्ये ३ जना, मध्यमाञ्चलबाट १ सय १६ मध्ये ३ जना उत्तिर्ण भएका आयोगले जनाएको छ ।
 'अधिकृत स्तरको अन्र्तवार्ता भएकोले पनि केन्द्रमा गर्दा प्रभावकारी हुने हामीले ठानेका हौं' उनले भने 'विशेषज्ञ पनि केन्द्रमै पाहिने भएकोले पनि यो निर्णय गरेका हौं ।'
मध्यपश्चिमाञ्चलबाट संस्कृत भाषाको परीक्षामा सहभागि ११ मध्ये ४ जना, पश्चिमाञ्चलबाट कम्प्युटर विज्ञानमा २८ जना सहभागि भएकोमा ७ जना उत्तीर्ण भएका छन् । पश्चिमाञ्चलबाट कृषिमा ४ मध्ये २, संस्कृत साहित्यमा ४ मध्ये ३, र सुदुर पश्चिममा संस्कृत साहित्यमा १० जना परीक्षार्थी सहभागि भएकोमा ३ जना उत्तीर्ण भएका छन् । पश्चिमाञ्चलमा संस्कृत भाषा विषयको परीक्षामा सहभागि मध्ये महिला उत्तीर्ण नभएको आयोगले जनाएको छ । मध्यमाञ्चलबाटै संस्कृत साहित्यमा पनि कुनै पनि महिला सहभागि नभएको आयोगले जनाएको छ । महिला उत्तीर्ण नभएपछि उक्त द खुल्लामै समाबेश गरिएको छ । विभिन्न वियषयका ६ सय १२ पदका लागि लिईएको परीक्षामा ३१ हजार धेरैले आवेदन दिएका थिए । यसैविच लिखित परीक्षामा उत्तीर्ण परीक्षार्थीको अन्र्तवार्ता कात्तिक १ गते आयोगको केन्द्रीय कार्यालय सानोठिमीमै हुने भएको छ । यस अघि जिल्ला तथा क्षेत्रीय तहमा गर्ने गरिएको अन्र्तवार्ता आयोगले केन्द्रमै गर्न लागेको हो । केन्द्रमै गर्नुको खास कारण नभए पनि लोक सेवा आयोगले समेत केन्द्रमै गर्ने प्रचलन भएको हुँदा आयोगले पनि केन्द्रमै गर्न लागेको अध्यक्ष ताना गौतमले जानकारी दिए । 'अधिकृत स्तरको अन्र्तवार्ता भएकोले पनि केन्द्रमा गर्दा प्रभावकारी हुने हामीले ठानेका हौं' उनले भने 'विशेषज्ञ पनि केन्द्रमै पाहिने भएकोले पनि यो निर्णय गरेका हौं ।' नतिजामा चित्त नबुझेका विद्यार्थीले सात दिन भित्र प्रवेश पत्र सहित ५ सय रुपैंया बुझाएर फारम भर्न सक्ने प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

सिरहामा बिधुत प्राधिकरणको लपर्वाहीले लइयो एक बालकको ज्यान

Posted: 20 Sep 2016 08:43 PM PDT

असोज–३, सिरहा । सिरहाको माडरमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । सिरहा नगरपालिका १६ का १० वर्षिय चन्दन यादवको सोमवार दिउँसो करेन्ट लागेर ज्यान गएको ईलाका प्रहरी कार्यालय माडरले जनाएको छ । २÷३ दिन अघि चुडिएको तार बेबारिसे अवस्थामा रहेको र त्यसमा करेन्ट प्रवाह हुँदा ज्यान गएको स्थानीयवासीको भनाई छ । नेपाल विद्युत प्राधिकरणले माडरमा जडान गरिएको तार चुडिएर वेवारिसे अवस्थामा भुईमा खसेको छ ।
 प्राधिकरणलाई खबर गरेपनि 'डिसको तार हो' भनेर आलटाल गरेपछि करेन्ट लागेर बालकको ज्यान गएको स्थानीयवासीको आरोप
प्राधिकरणलाई खबर गरेपनि 'डिसको तार हो' भनेर आलटाल गरेपछि करेन्ट लागेर बालकको ज्यान गएको स्थानीयवासीको आरोप छ । छोरालाई करेन्ट लागेर ज्यान गएको खबरले आमा पुनम यादव पटक पटक बेहोस भएका थिइन् । उनलाई पनि जिल्ला अस्पताल सिरहा ल्याएर उपचार गरिएको छ । ज्यान गएका यादवको बुबा वैदेशिक रोजगारको लागि सउदी अरबमा रहेको छ । यसैवीच स्थानीयले विद्युत प्राधिकरणको लापरबाहीले बच्चाको करेन्ट लागेर ज्यान भएको भन्दै विरोध जनाएको छ । स्थानीय अभियन्ता धिरेन्द्र साहले प्राधिकरणको लापरबाहीले ज्यान गएकोले क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ ।

सिरहामा संविधान दिवसको अवसरमा २० कैदीवन्दी रिहा

Posted: 20 Sep 2016 07:58 PM PDT

सिरहा , असोज ४ । सिरहा कारागारले संविधान दिवस र वडा दशैंको पूर्व सन्ध्यामा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका २० जनालाई रिहाई गरेको छ । जिल्ला कारागार सिरहा अनुसार कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका मोरङ्ग ३ बाहुनेका मोने खवास चौधरी, धनुषा सिंग्याही मडानका रामकिशोर मुखिया, ज्यान मार्ने उद्योगका सिरहा लक्ष्मीनिया का कुशेश्वर यादव, आगो लगाएको मुद्दाका कल्याणपुर कालाबंजरका गंगा पासमान र बौएलाल यादवलाई रिहाई गरेको छ । यस्तै कुटपिट मुद्दामा सजाय भुक्तान गरिरहेका सिरहा नरहा रिगौंलका रामप्रित यादव, दिपेन्द्र यादव, कर्जन्हाका दिगम्बर साह, बहुविवाह मुद्दाका सिरहा डुमरी २ का सन्तोष कुमार यादव, लहान ६ का मनोज कुमार सहनी, असनपुर गोलबजार ८ का सन्तोष कुमार साह, लहान २ का रामनिवास महतो रहेका छन् ।
 कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आगो लगाउने कार्य, कुटपिट, बहुविवाह, नागरिकता किर्ते, बोक्सी र लेनदेन मुद्दामा सजाय काटिरहेका २० जनालाई रिहाई गरिएको कारागार प्रमुख कर्णले जनाए ।
नागरीकता किर्तेमा सजाय भुक्तान गरिरहेका सिरहा भदैयाका रामसेवक चौधरी, रामचन्द्र साह, शेरबहादुर खडका, दरपलाल चौधरी, बोक्सी मुद्दाका गाढा २ का इन्दु देवी सहनी, जनकदुलारी सहनी र लेनदेन मुद्दाका मिश्रिलाल यादव रहेको कारागार प्रमुख शंकर लाल कर्णले बताए । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आगो लगाउने कार्य, कुटपिट, बहुविवाह, नागरिकता किर्ते, बोक्सी र लेनदेन मुद्दामा सजाय काटिरहेका २० जनालाई रिहाई गरिएको कारागार प्रमुख कर्णले जनाए । रिहा हुनेमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एमालेका पार्टीका नेता कार्यकर्ता समेत रहेका छन् । जिल्ला कारागार सिरहा ४० प्रतिशतभन्दा वढी कैद भुक्तान गरेकाहरुलाई रिहाई गरेको प्रमुख कर्णले बताए । कारागार प्रशासन नियमावली २९(२) अनुसार ६५ वर्ष उमेर पुगेका वृद्ध र पूर्ण असक्त रोगीलाई २५ प्रतिशत कैद भुक्तान गरेमा र कारागार ऐनको दफा २२(२) मा कारागार सम्बन्धी अपराध नगरेको तथा चालचलन असल रहेकोलाई सिफारिस गर्ने प्रावधान रहेको छ । गृहमन्त्रालयको पत्राचार अनुसार सिरहा कारागारले रिहाईको लागि 'क्राइटएरिया' भित्र समाविष्ट भएकाहरुमध्ये २० जनालाई रिहाई गरेको हो । मन्त्रालयले कैदी रिहाईको लागि उपयुक्त व्यक्तिहरुको सिफारिस गरी पठाउन कारागार र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । त्यस अनुसार कारागार र जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेको स्रोतले बताए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment