Onlinesiraha-Nepali |
कर्तब्य ज्यान मुद्दाका २० बर्ष सजाय ठहरी फरार रहेका प्रतिवादी पक्राउ Posted: 02 Sep 2016 08:08 AM PDT राजेन्द्र कुमार शर्मा भदौ १७ । सिरहा जिल्ला अदालत वाट कैद तथा जरिवाना सजाय पाई फरार रहेका अभियूक्तहरुलाई खोजतलास गर्ने अभियान अन्र्तगत वादी नेपाल सरकार प्रतिवादी बिनोद कुमार यादब भएको कर्तब्य ज्यान मुद्दामा सम्मानित सिरहा जिल्ला अदालत सिरहाको मिति २०७१÷११÷१८गतेको फैसला आदेशले कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय हुने ठहरी हालसम्म फरार रहेका जिल्ला सिरहा साबिक असनपुर गा.बि.स.वार्ड नं.८ घर भई हाल जिल्ला सिरहा गोलबजार नगरपालिका वार्ड नं.६ वस्ने फौदा यादवको नाती राम बहादुर यादवको छोरा वर्ष ३२ को बिनोद कुमार यादवलाई यस ईलाका प्रहरी कार्यालय गोलबजार सिरहा वाट प्रहरी निरीक्षण राजेन्द्र कुमार उपाध्यायको कमान्डमा खटीएको प्रहरीको बिशेष टोलीले खोजतलास गर्दै जाने क्रममा जिल्ला सिरहा गोलबजार नगरपालिका वार्ड नं.६ स्थित लुकीछिपी बसी रहेको अबस्थामा फेला पारी पक्राउ गरी आबस्यक कारवाहीको लागी आजकै मितिमा सम्मानित सिरहा जिल्ला अदालत सिरहामा पठाइएको व्यहोरा जानकारीको लागि अनुरोध गरिइएको छ । |
मिर्चैयामा बजार अनुगमन ः म्याद गुज्रेका समान नियन्त्रणमा लिईयो Posted: 02 Sep 2016 03:28 AM PDT राम नारायण पंडित, सिरहा, १७ भदौ । सिरहाको मिर्चैयामा आज संयुक्त रुपमा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको शाखा अधिकृत पवन गुप्ताको संयोजनमा गरिएको बजार अनुगमनको क्रममा मिर्चैयामा रहेको बिभिन्न पसलहरुबाट म्याद गुज्रेका सैयौ बोतल पेयपदार्थहरु नियन्त्रणमा लिईएको छ । अनुगमन टोलीले मिर्चैयाको आरती कोल्ड स्टोर, एम.एस. डिपार्टमेन्ट स्टोर, बिग बजार डिपार्टमेन्ट स्टोर, शिवानी कोल्ड स्टोर, भवानी कोल्ड स्टोर र चौधरी कोल्ड स्टोरमा अनुगमन गरी करीब ५ सय बोतल फेन्टा, स्लाईस, कोक लगायतका पेयपदार्थहरु नियन्त्रणमा लिईएको छ । खास गरेर पेयपदार्थको म्याद गुज्रेको नगुज्रेको भनी अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाको शाखा अधिकृत गुप्ताले बताए । उक्त क्रममा केहि राजनिवास र गुमती पनि फेला परेकोले नियन्त्रणमा लिईएको उनले थपे । नियन्त्रणमा लिईएको समानहरुलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाको जिम्मा लगाईएको छ । उक्त समानहरुलाई स्थानिय व्यापारी, सम्बन्धित सरोकारबाला र पत्रकारको रहोबरमा नष्ट गरिने अनुगमन टोलीले बताए । अनुगमन टोलीमा खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयका खाद्य निरिक्षक श्रृजन जोशी, घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रतिनिधि राजेन्द्र लाल कर्ण, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक बेद पौडेल, ईलाका प्रशासन कार्यालय लहान, सशस्त्र प्रहरी सिमा सुरक्षा बल मिर्चैया, व्यापार संघ मिर्चैयाका प्रतिनिधि लगायतका सहभागिता रहेको थियो । यता, अनुगमन टोली आएको जानकारी पाएको पाएपछि केहि पसलेहरु पसल बन्द गरि फरार भएका थिए । सिरहाको लहान, गोलबजार, मिर्चैया, बन्दिपुर लगायतका स्थानहरुमा सरोकारबालाहरुको कमिकजारीले म्याद गुज्रेका मात्र नभई चर्को मुल्यमा सरसमानहरु बिक्री भईरहेको बताईएको छ । |
You are subscribed to email updates from OnlineSiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment