काठमाडौं, १७ भदौ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले राजनीतिमा पैसा र गुण्डाको प्रयोग मौलाएको भन्दै यसले मुलुक नै संकटमा पर्नसक्ने बताएका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले शुक्रबार काठमाडौमा गरेको कार्यक्रममा काँग्रैस नेता पौडेलले गुण्डा र पैसाको प्रयोग बढेका कारण आम जनतामा राजनीतिप्रति वितृष्णा बढेर गएको बताए ।उनले घुमाउरो पारामा पार्टी सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै सिद्धान्त र नीतिमा भन्दा पैसालाई प्राथमिकता दिएको र त्यहि कारण पार्टीप्रति युवा पुस्ताको आकर्षण घट्दै गएको बताए ।काँग्रेस नेता पौडेलले पैसा खर्च गर्न नसक्ने नेताले निर्वाचन नै नजित्ने परिस्थिति बन्दै गएको भन्दै यो लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताए ।
पौडेलले कार्यक्रममा सहभागी वैदेशिक रोजगार व्यवसायीहरुलाई मर्यादा र सीमा नाघेर वैदेशिक रोजगारमा जाने युवाहरुलाई नलुट्न आग्रह गरे ।उनले मुलुकभित्र रोजगारीको अवसर नपाएर विदेश जान वाध्य युवाहरुसँग नियमविपरित लाखौं रुपैयाँ लिनु लुट जस्तै भएको भन्दै व्यवसायको मर्यादा राख्न व्यवसायीहरुसँग आग्रह गरे । साझासबाल
No comments:
Post a Comment