राम नारायण पंडित, सिरहा, १७ भदौ । सिरहा प्रहरीले एक जना फरार अभियुक्तलाई पक्राउ गरेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारले फरार अभियुक्तहरुको पक्राउ गर्ने अभियान अन्र्तगत थप एक जना फरार अभियुक्तलाई पक्राउ गरेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक राजेन्द्र कुमार उपाध्यायको कमान्डमा खटिएको प्रहरीको गस्ति टोलीले खोजतलास गर्ने क्रममा २० बर्ष कैद भई लुकीछिपी बस्दै आएका गोलबजार ६ वस्ने राम बहादुर यादवको ३२ बर्षीय छोरा बिनोद कुमार यादवलाई पक्राउ गरिएको छ । सिरहा जिल्ला अदालत सिरहाको मिति २०७१ फाल्गुन १८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० कैद सजाय सुनाएपछि यादब फरार रहेका थिए । पक्राउ परेका यादबलाई आबश्यक कारवाहीको लागी जिल्ला अदालत सिरहा पठाईएको प्रहरीले जनाएको छ ।
Home /
Apradh Khabar
,
Breaking
,
Headline2
,
National
,
social
,
Socity
,
Special News
/
फरार अभियुक्त गोलबजार प्रहरीको नियन्त्रणमा
No comments:
Post a Comment