काठमाडौं, १७ भदौं । मधेशी मोर्चाले मधेश आन्दोलनको क्रममा घाइतेको उपचारको लागी ६३ लाख रुपैयाँ माग गरेको छ । मधेशी मोर्चाका नेताहरूले आज गृहमन्त्री विमलेन्द्र निधीसँग भेट गरेर सो रकम माग गरेका हुन् ।
गृहमन्त्रीले यसअघिनै मोर्चाका नेतालाई घाइतेको विवरण माग गरेको थियो । मोर्चाले घाइतेको विवरण पेश नगरेपनि मुद्दा लागेका र बन्दी जीवन विताइरहेकाको विवरण भने सरकारलाई बुझाएको छ ।
मोर्चाले घाइतेको उपचार गर्न विभिन्न अस्पत्ताललाई ६३ लाख बरावरको रमक तिर्न पर्ने भन्दै सरकारसँग माग गरेको हो । मोर्चाले वीर अस्तपताललाई मात्र २६ लाख बुझाउनु बाँकी रहेको बताएको छ ।
त्यस्तै, सुष्मा मेमोरियल अस्पताललाई चार लाख, जेम्स अस्पताललाई अढाई लाख बुझाउनुपर्ने दावी गरेको छ । यस्तै विराटनगरको नोबेल र र भैरहवाको एक अस्पताललाई १५र१५ लाख तिर्न बाँकी रहेको रहेको मोर्चाका नेताहरुले बताए छन् ।
त्यस बाहेक कतिपयको स्थानीय क्लिनिकमा उपचार भएको छ भने थुप्रै घाइतेहरु भारतको सितामढीलगायतको क्षेत्रमा गएर उपचार गराएका छन् । आन्दोलनका घाइतेहरु दिल्लीसम्म पनि उपचार गराउन गएका छन् ती सबैको विवरण तयार भयो भने करोडौं रकम सरकारबाट लिनुपर्ने मोर्चाले दावी गरिरहेका छ ।
यस्तै मोर्चाले आज गृहमन्त्रालयमा पुगेर मुद्दा लागेका ४९१ र थुनामा रहेका ५० जनाको नाम बुझाएको हो । मुद्दा लागेका र बन्दी जीवन विताइरहेका विवरण गृहमन्त्रालयका उपसचिव कृष्ण राउतलाई बुझाइएको मोर्चाका एक घटक तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले जानकारी दिए । आज उनीहरुले बुझाएको विवरणमा घाइतेको विवरण भने उल्लेख गरिएको छैन । टुडेखबर
No comments:
Post a Comment