/ , , , , / मधेशी विरुद्ध क्रियाकलाप बढेको एनआरएमएको ठहर

मधेशी विरुद्ध क्रियाकलाप बढेको एनआरएमएको ठहर

नयाँ दिल्ली २६ भदौ । पछिल्लो समय मधेशी विरुद्धका क्रियाकलापहरु बढ्दै गएको गैरआवासीय मधेशी सँघ९एनआरएमए० भारतको ठहर रहेको छ ।
विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैरआवासीय मधेशी संघको भारत शाखाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा मधेशी विरुद्धका क्रियाकलाप बढ्दै गएपनि राज्य मौन रहेको आरोप लगाएको छ ।

प्रेस विज्ञप्तिमा एमाले नेता शंकर पोखरेलले मधेशीलाई अपमानित गर्दै दिएको अभिव्यक्तिको आलोचना गर्दै कारवाहीको माग गरिएको छ ।

त्यस्तै बीरगञ्ज उपमहानगर पालिका कार्यालयका प्रशासन प्रमुख रामदयाल प्रसाद यादवमाथि गैर मधेशी समुदायका कर्मचारीहरुबाट भएको कुटपिटको भत्र्सना पनि गरिएको छ । करारमा रहेका केही कर्मचारीहरुले म्याद थप गर्नु पर्ने र तलब बृद्धि गर्नु पर्ने माग गरेका थिए तर प्रमुख यादवले आफुसँग त्यो अधिकार नभएको बताउँदै म्याद थप र तलब बृद्धि नगरे पछि उनीमाथि कुटपिट भएको छ ।

शुक्रबार दिउँसो गैरमधेशी मुलका कर्मचारीहरुसहित बाहिरका केही व्यक्तिहरुलाई ल्याइ यादवमाथि कुटपिट भएको घण्टामाथि छनविन गरी दोषीलाई कारवाही गर्न एनआरएमएले माग गरेको छ ।

त्यस्तै, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा आक्रमण गरी छोरी डा।मिनाक्षी झालाई घाइते बनाएको घण्टाको पनि भत्र्सना एनआएएमएले गरेको छ । तत्कालै दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरिएको छ ।

एनआरएमएले नेपालमा मधेशीमाथि बढ्दै गएको विभेदलाई अन्त्य गर्न सरकारसँग माग गरेको छ । मधेशीप्रति सरकार उदाशिन रहेको आरोप पनि एनआरएमएले लगाएको छ ।

एनआरएमएले मधेशीहरुमाथि भइरहेको विभेद तथा आक्रमणको छानविन गर्न मानव अधिकारवादी संस्थाहरुसँग अपीलसमेत गरेको छ । हुलाकी न्यूज, 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment