/ , , , / स्वास्थ्य मन्त्रालय जनताको रक्षक कि भक्षक

स्वास्थ्य मन्त्रालय जनताको रक्षक कि भक्षक

काठमाडौं, २६ भदौ । सासंद धनराज गुरूङले आइतबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै स्वास्थ्य मन्त्रालय जनताको जीवनको रक्षक हो कि भक्षक होरु भन्दै प्रश्न गरेका छन्।नेपालगञ्जबाट उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याएका बिरामीले औषधी नपाउँदा निधन भएको भन्दै उनले दुरदराजका गाउँमा साधारण सिटामोल पनि पाउन नसकेको बताए।‘जनताका लागि स्वास्थ्य मन्त्रालयले वर्षेनी अर्बौको रकम खर्चेर म्याद सकिएको औषधी खरिद गर्ने तर जनताले त्यो जनताले समयमा पाउदैनन्। यो जनताको जीवनमाथि खेलबाड भइरहनु लज्जाको विषय हो,’ उनले भने।विथिति अन्त्यका लागि गुणराज लोहनी नेतृत्वमा गठित कार्यदलले धेरै ठाउमा म्याद गुज्रिएको औषधि खरिद गर्ने दोषिमाथि अहिलेसम्म कुनै कारबाही नभएकोमा गुनासो गरेका छन्। 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment