गौर २५ भदौ । पछिल्लो समयमा क्रिएटिव गु्रप अफ नेपाल भलोहिया, रौतहटले सञ्चालन गरेका कार्यक्रमहरु जिल्लामा सुचनाको हक र अधिकारको प्रवद्र्धन, राष्ट्रिय सदाचार प्रवद्धन अन्र्तगतका कार्यक्रम तथा खेलको माध्यमले सबै सरोकारवाला बीच समन्वय गरि विकास निर्माणमा सहयोग पुरयाएको कुरा जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीले बताएका छन् ।
प्रमुख अतिथिको आसन बाट बोल्दै सुवेदीले अगााडी दिनमा समेत क्रिएटिव गु्रप अफ नेपाल झन सशक्त हुदै अगाडि बढोस भन्दै संस्थाको उत्तरोतर प्रगतीको कामना गरेका छन् ।
कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै जिल्ला विकास समिति रौतहटका प्रतिनिधि बैजु ठाकुरले बाहिरी सुशासनसँगै आन्तरिक सुशासन समेतमा क्रिएटिव गु्रप अफ नेपाल जोड दिएको बताए ।
जिविस परिषदबाट बार्षिक कार्यक्रम स्वीकृति देखि बार्षिक समिक्षामा बर्ष भरिको गतिविधि प्रस्तुतीकरण, वार्षिक साधारण सभा समेतको प्रक्रिया पुरा गरी संस्था सक्रिय रुपमा अगाडि बढिरहेको तथा अगामी दिनमा समेत संस्थाको गतिविधि समाजमैत्री होस् भन्ने शुभकामना दिएका छन् ।
तराई मधेश लोकतान्त्रिक पार्टीका युवा नेता अनिल कुमार सिंहले संस्थाले सुशासन प्रवद्र्धनमा खेलेका भुमिका सराहनिय रहेको तथा क्रिएटिव गु्रप अफ नेपाल समाज मैत्री भएको बताए ।
नेपाल पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले संस्था दर्ता ऐन अनुसार दर्ता रहेको क्रिएटिव गु्रप अफ नेपाल विधान तथा संस्था दर्ता ऐन अनुसार सम्पूर्ण काम कारवाही गरिरहेको र यसले संस्थाको आन्तरिक सुशासन मजबुत भएको बताए । खुल्ला सत्रमा सञ्चारकर्मी संस्थाका कार्यसमिति पदाधिकारी, साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।
खुल्ला सत्र समाप्त भए लगतै भएको बन्द सत्रमा निशान्त कुमार झाको अध्यक्षतामा सात सदसीय नयाँ कार्यसमिति सर्व सम्मत रुपमा चयन गरिएको छ । नयाँ कार्यसमितिको पदावधी तीन बर्ष रहने छ ।हुलाकी न्यूज,
No comments:
Post a Comment