/ , , , / प्रधानमन्त्रीलाई धम्क्याउने प्रयास भयोः जितेन्द्र देव

प्रधानमन्त्रीलाई धम्क्याउने प्रयास भयोः जितेन्द्र देव

काठमाडौं, २७ भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महामन्त्री जितेन्द्र देवले केही दलले भारत जान लागेका प्रधानमन्त्री प्रचण्डलाई धक्म्याउने प्रयास गरेको बताएका छन् ।

व्यवस्थापिका संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवले कसैले धम्क्याउँदैमा खुट्टा नकमाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रमुख विपक्षी दल एमालेप्रति लक्षित गर्दै फोरम लोकतान्त्रिकका नेता देवले भने, ‘राजनीतिक पूर्वाग्रह राखेर केही दल, समूहले खबरदार यो गर्न पाइँदैन, त्यो गर्न पाइँदैन भनेर प्रधानमन्त्रीलाई धम्क्याउने प्रयास भइरहेको छ ।’

उनले अघि भने, ‘सार्वभौम संसदले चुनेको प्रधानमन्त्रीजीलाई म भन्न चाहन्छु, खुट्टा नकमाउनुस् । नेपाल भारत सम्वन्धलाई सुमधुर बनाउन र दुई देशको हितमा काम गर्नुस् । कसैको धम्कीको बन्दी नबन्नुस् ।’

उनले नेपाल(भारत प्रवुद्ध समूह पुनर्गठन गर्न समेत सरकारसँग माग गरेका छन् । अहिलेको प्रवुद्ध समूहले राम्रो निष्कर्ष निकाल्न नसक्ने उनको दाबी छ ।अनलाइनखबर

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment