काठमाडौं, २७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सिराहा जाँदैछन् । प्रधानमन्त्री भएपछि काठमाडौं उपत्यका बाहिर उनको यो पहिलो कार्यक्रम हो ।
प्रधानमन्त्री प्रचण्डले सिराहाको मिर्चैयामा आयोजित जनसभालाई सम्बोधन गर्नेछन् । उनले त्यहाँ विद्युत कार्यालयको पनि उदघाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रचण्ड सिराहा क्षेत्रनम्बर पाँचबाट दोस्रो संविधानसभामा निर्वाचित भएका थिए । उनी संविधान जारी भएपछि र मधेस आन्दोलन पछि पनि सिराहा पुगेका थिए ।
सोमबार पनि सिराहा गएर जनस्तरबाटै मधेसका मागलाई प्रचण्डले सम्बोधन गर्न खोजेको चर्चा छ ।
नेपाली सेनाको हेलिकप्टरबाट सोमबार बिहान ११ बजे सिराहा जाने पूर्वनिर्धारित कार्यक्रम भए पनि पानी परिरहेकाले केही ढिलाइ हुनसक्ने प्रचण्डको सचिवालयले जनाएको छ ।अनलाइनखबर
No comments:
Post a Comment