काठमाडौं, २७ भदौं । केहि दिन अगाडि तराई मधेश लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरमा केहि अज्ञात समुहले प्रवेश गरी लुटपाटको प्रयास गरे । सो क्रममा अध्यक्ष ठाकुरको छोरी डा मिनाक्षी ठाकुरको आँखामा खुर्सानीको धुलो हालेर एउटा विफ्रकेश लुटेर लगेको समाचारहरु आए । छोरी सो समुहको आक्रमणबाट घाइते समेत भईन तर लुटेर लगेको विफ्रकेशमा के थियो रु कति पैसा थियो वा केही पनि थिएन, अचानक लुटेराहरुले त्यो बिफ्रकेश मात्र किन लुटेर लगे भन्ने विषयमा कहि कतैबाट प्रस्टाउने प्रयास गरिएन । पार्टीद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा बिफ्रकेशको बारेमा खासै उल्लेख गरेको पाइएन ?
यस विषयमा पार्टीका सह प्रवक्ता कृष्णा सिंह सँग सम्पर्क गर्दा उनले बताए, अध्यक्ष ज्यूको नियमित कागजातका साथ साथै केही महत्वपुर्ण पेपेरहरु थियो, साथै केही रकम पनि थियो, के कति रकम थियो, त्यो चाही आफुलाई जानकारी नभएको बताए । आखिर त्यो ठाकुर जीको बिफ्रकेशमा कति पैसा थियो कसले बाहिर ल्याउने र ?
No comments:
Post a Comment