सिरहा,२७ भदौ । गतवर्ष कालोझण्डा व्यहोरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रातोझण्डाको बिच बिशाल जनसभालाई सम्बोधन गर्ने भएका छन् ।
नेकपा ९माओवादी केन्द्र०ले आज दुई नम्बर प्रदेशमा बिशाल जनसभा कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रमको उदघाटन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन् ।
माओवादी केन्द्र दुई नम्बर प्रदेशका सचिवालय सदस्य जगत यादवकाअनुसार प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिरहाको मिर्चैयामा आयोजना हुने बिशाल जनसभा कार्यक्रमस्थलमा आज दिउँसो साढे १२ बजे आउँदैछन् ।
गतवर्ष कालोझण्डा देखाउँदै विरोध गरे पनि यस वर्ष रातोझण्डा फहराएर स्वागत गदै माओवादीहरु
गत वर्ष नयाँ संविधानको प्रारम्भिक मस्यौदाको लागि राय सुझाव संकलन गर्न ५ दिने भारत भ्रमण सकेर काठमाडौं फर्के लगत्तै निर्वाचिन क्षेत्र सिराहा पुग्दा तत्कालीन एमाओवादी अध्यक्ष प्रचण्डले कालो झण्डाको सामाना गर्नु परेको थियो ।
प्रचण्ड संविधानको प्रारम्भिक मस्यौदाको सुझाव संकलन गर्न आफू निर्वाचिन क्षेत्र सिराहा (५, मिर्चैया पुग्नासाथ उनी विरुद्ध मातृका यादव र मोहन वैद्य ‘किरण’ नेतृत्वका माओवादी कार्यकर्ताहरुले कालो झण्डा देखाउँदै चर्को नारावाजी गरेका थिए ।
मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादीबाट बादल समूह र मातृका यादव नेतृत्वको माओवादी लगायत अन्य माओवादी घटकहरु बिच २०७३ जेठ ६ गते पार्टी एकता भएपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष बनेका प्रचण्डले ‘कालो झण्डा र चर्को नारावाजी’ सामना गर्दै कडा सुरक्षा लिनु परेको स्थानमा विशाल जनसभा हुन गइरहेको छ । उक्त कार्यक्रमलाई आज प्रचण्डले सम्बोधन गर्दैछन् भने विगतमा कालो झण्डा देखाउँदै र चर्को नारावाजी गर्ने नेता र कार्यकर्ताहरु रातोझण्डा फहराएर स्वागत गदै कार्यक्रम सफल गर्न मरिमेटेर लागिरहेका छन् ।
कालोझण्डा र रातोझण्डाको नेतृत्व गर्ने माओवादी
मातृका यादव नेतृत्वको माओवादी लगायत अन्य माओवादी घटकका कार्यकर्ताहरुले गत वर्ष सिराहा ५ का सभासदका रुपमा मिर्चैया पुगेका प्रचण्डलाई शुरुमै कालो झण्डा देखाए भने भाषण गर्न मञ्चमा जान लाग्दा ढुंगा मुढा प्रहार समेत गरेका थिए ।
कार्यक्रमस्थलमै ढुंगामुढा भएपछि भएको झडपका क्रममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्यतिबेला प्रचण्ड केवल आधा घण्टामै कार्यक्रम स्थलबाट काठमाडौं फर्किएका थिए ।
तर, गतवर्षसम्म पूर्वएमाओवादी र प्रचण्डका विरुद्ध अभियानै चलाएका मातृका यादव अहिले प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पार्टीका हेडक्वाटर सदस्य तथा दुई नम्बर प्रदेशका इन्चार्ज छन् । यादव अहिले कार्यक्रमलाई भव्य र सभ्य ढङ्गले सफल गर्न लागिरहेका छन् । श्रोतःहाकाहाकी डटकमबाट
No comments:
Post a Comment