/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


प्रधानमन्त्री प्रचण्ड सिरहा आउँदै, प्रचण्डको सुरक्षामा चार सय प्रहरी तैनाथ

Posted: 11 Sep 2016 04:39 AM PDT

राम नारायण पंडित, सिरहा, २६ भदौ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' जनसभालाई सम्वोधन गर्न भोली (सोमवार) सिरहाको मिर्चैया आउने भएको छ । संबिधानको मस्यौदामाथि छलफल गर्न गत वर्ष यहाँ आएको वेला ढुङ्गामुडा वेहोर्नु परेको दहाल भारत जानु अघि मधेसको अवस्था बुझ्न आउन लागेको जानकारहरु बताउनुहुन्छ । सरकार गठनमा मधेसी दलहरुको पनि समर्थन रहेपनि दहाल मधेसी जनताको अवस्था बुझ्न यहाँ आउन लागेको जानकारहरुको विश्लेष्ण रहेको छ । भारत जानुअघि मधेसको जनमत पनि बुझ्ने चाहाना अनुसार नै वर्षामासमा यो कार्यक्रमको आयोजना गरेको बताईएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारत जानुभन्दा पहिला आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गरेर जाने चाहाना सहित दहाल सिरहा आउन लाग्नु भएको जनसभा आयोजकले जानकारी दिएपनि मधेसको सेन्टिमेन्ट बुझ्न आउन लागेको जानकारहरु बताउँछन् । अहिले यसरी जनसभा गर्नुको कुनै तुकै नरहेको जानकारहरु बताउँछन् ।
प्रचण्डको सुरक्षामा चार सय प्रहरी तैनाथ । 
माओवादी केन्द्रका अध्यक्ष तथा प्रभानमन्त्रि पुष्पकमल दहाल सिरहा आउने भएपछि यहाँका सुरक्षा ब्यबस्था तैनाथ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी श्याम ज्ञावालीले दिएको जानकारी अनुसार प्रचण्डको सुरक्षाको लागि काठमांडौको बिषेश प्रहरी टोली, क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरका प्रहरीलाई खटाइएको छ । त्यस्तै जिल्लामा प्रत्येक चौकहरुमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रचण्डको सुरक्षाको लागि चार सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको एसपी ज्ञवालीले बताए । ज्ञातब्य, यसअधि संबिधानको मस्यौदा माथि छलफल गर्न आएका प्रचण्डलाई स्थानियहरुले ढुंगामुढासंगै बिरोध गरेका थिए ।
यसअघि बिरोध गरेका मिर्चैयावासी दहालको भव्य स्वागत गर्ने तयारीमा । संबिधानको मस्यौदा सुझाव संकलनका क्रममा बिरोधका साथै ढुङ्गामुडा गरेकाका नेकपा माओवादीका केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाललाई यहाँका जनताले भव्य स्वागतको तयारी गरेको छ । मिर्चैैैया वरपरका सरकारी तथा गैरसरकारी संघसंस्था तथा विद्यालायहरुले ठाउँ ठाउँमा स्वागतद्वार बनाएका छन् । प्रधानमन्त्री दहालले सम्वोधन गर्नुहुने जनसभाको तयारी तिव्र रुपमा भईरहेको आयोजक समितिका जगत यादवले बताउनु भएको छ । उहाँका अनुसार जिल्लाका सवै क्षेत्रबाट व्यापक मात्रामा जनमास उतार्न सम्पूर्ण पार्टी कमिटि लागेको छ । कार्यक्रममा प्रदेश नं. २ का सवै जिल्लाबाट सहभागीहरु उपस्थित हुने बताएको छ ।

किन आगाडी बढेन संबिधान संशोधन प्रक्रिया नालीबेली यसतो पो रहेछ !

Posted: 10 Sep 2016 09:54 PM PDT


 संविधान संशोधन अगाडि नबढ्नुको भित्री कुरा यस्तो रहेछ…..
काठमाडौं, २६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानुअघि संविधान संशोधनको प्रस्ताव अघि बढ्ने सम्भावना करिब टरेको छ । दुई तिहाई समर्थन नपाएमा विधेयक 'तुइने' खतरा औंल्याउँदै दाहालको भारत भ्रमणअघि संशोधन प्रस्ताव अघि नबढाउने मनसाय नेताहरूले बनाएका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ । औपचारिक–अनौपचारिक छलफलमा सत्तारूढ कांग्रेस र माओवादीले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्न संशोधन विधेयक अघि बढाउने तयारी गरेका थिए । 'मोर्चाका नेताहरू सहमत हुनुभयो भने भारत भ्रमणअघि नै प्रस्ताव अघि बढ्न पनि सक्ला', उच्च स्रोतले भन्यो, 'तर उहाँहरूले नै एमालेले मान्दिएन भने के गर्ने भन्दै पछि हटेपछि सम्भावना कम देखिएको हो ।' प्रदेशको सीमांकन, नागरिकता, राष्ट्रिय सभाको गठन र प्रादेशिक भाषालगायत विषयमा संविधान संशोधनका लागि कांग्रेस र माओवादी केन्द्रबीच साझा धारणा बनेको छ । तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारका बेला गठित एमालेसमेत संलग्न रहेको कार्यदलस्तरमा भएको छलफलका आधारमा कांग्रेस र माओवादीले साझा धारणा बनाएका हुन् । यही साझा धारणामा टेकेर दुई दल मधेसी मोर्चाको समर्थनमा संशोधनको मस्यौदा ल्याउने तयारीमा छन् । शीर्ष तह र दोस्रो तहका नेताहरूबीच भएका छलफलका आधारमा कांग्रेस र माओवादी प्रमुख प्रतिपक्ष तयार नभए पनि संशोधनको विधेयक अघि बढाउने तयारीमा थिए । तर पछिल्ला छलफल र वार्तामा मधेसी मोर्चाका नेताहरू स्वयंले प्रमुख प्रतिपक्षसहितका दलहरूको समर्थन नपाउँदा विधेयक 'तुइने' औंल्याउन थालेका छन् । कांग्रेस र माओवादीले ५ नम्बर प्रदेशबाट पहाड जिल्ला र भागलाई अलग्याएर नवलपरासीदेखि बर्दियासम्मको मधेस प्रदेश बनाउने गरी संघीय प्रदेशको सीमांकन परिवर्तन प्रस्ताव गरेका छन् । उक्त प्रदेशमा रहेका पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुमको पूर्व भाग, रोल्पा, प्यूठानलाई प्रदेश नम्बर ४ र ६ मा गाभिने गरी प्रस्ताव ल्याएका हुन् । सीमांकन परिवर्तनको यो प्रस्तावमा मोर्चाले सहमति जनाएको छैन । सीमांकनमा मधेसी मोर्चाले ल्याएका धेरै विकल्पमा छलफल भएका थिए । तमलोपा अध्यक्ष महन्थ ठाकुरका अनुसार तीमध्ये पहिलो संविधानसभा विघटनअघिको १० प्रदेशको विकल्प, कांग्रेस–एमालेले अघि सारेको नवलपरासी–बर्दियाको क्षेत्र मिलाएर प्रदेश निर्माण जस्ता विकल्पबारे शुक्रबार पनि दाहाल, देउवा, ठाकुर र उपेन्द्र यादवबीच कुराकानी भयो । 'समुदाय विशेषका लागि संरक्षित क्षेत्र, स्वायत्त क्षेत्रका कुराकानी पनि विकल्पका रूपमै बैठकमा आएका छन्', ठाकुरले भने, 'तर अहिलेसम्म कुनै पनि प्रस्ताव सरकारी पक्षले मूर्त ढंगले अघि नसारेकाले यही हुन्छ भन्न सकिन्न । उहाँहरूको तर्फबाट संशोधनको ड्राफ्ट कस्तो बन्छ, त्यो हेर्छौं।'

‘मैथली भाषालाई सरलीकरण गर्न बाहुनपन त्याग्नुपर्ने’

Posted: 11 Sep 2016 04:23 AM PDT

दिनेश्वर गुप्ता लहान, २६ भाद्र । मिथिला स्टूडेन्ट युनियन नेपालले आज प्रथम बार्षिकोत्सव मनाइएको छ । बार्षिकोत्सवका प्रमुख आतिथ्य देवेन्द्र मिश्रले गर्दै मिथिला क्षेत्रको आफनो सम्पूर्ण जिम्मेवारी मिथिलाको युवाले लिएको र अव अग्रजहरु ढुक्क भएर जाने समय आएको बताउंनुभयो । विशेष अतिथिको रुपमा रहेका श्यामसुन्दर यादबले प्राथमिक तहमा आफनो भाषा लागु नभएसम्म मैथिलीको कुनै औचित्य नहुने कुरा प्रस्ट पार्दै मैथिली कुनै जातिको न भएर सम्पूर्ण मैथिलीको भएको बताउंनुभयो ।मैथिली दुतका रुपमा ख्याती प्राप्त प्रवीणनारायण चौधरीले आप्mनो मन्तव्य राख्दै मथिला र मैथिली नेपालको राष्ट्र भाषा हुनु पर्ने बताउंनुभयो । पत्रकार दिनेश्वर गुप्ताले मैथली भाषालाई सरलीकरण गर्न बाहुनपन त्याग्नुपर्ने बताउंनुभएका थिए । दिनेश रसियाका सभाध्यतामा सम्पन्न उक्त कार्यक्रममा १४ जना मैथिली अगुवाहरुलाई सम्मान गरेका थिए । सम्मानित हुनेमा गायक सावन कुमार, फिरोज शेख, राकेश झा, अर्जुनप्रसाद गुप्ता दर्दिला, हिरालाल कर्ण, प्रवीणनारायण चौधरी, भरत साह, शम्भु श्री, अखिलेश मिश्र, देवेन्द्र मिश्र, श्यामसुन्दर यादब पथिक लगायतका व्यतिmत्वहरु रहेका छन् । त्यस्तै नयाँ कार्य समितिमा अध्यक्ष हृदयनारायण यादब, उपाध्यक्ष तेजुमैथिल, सचिव गजेन्द्र गजुर, कोषाअध्यक्ष गायत्री सिंह, सह–सचिव संगीता साह, सदस्यहरुमा जावेद अली, शिवशंकर गुप्ता, ज्योती बि.क.,सरोज चौधरी, शुखसागर साह,अमरेश महतो रहेका छन् । साहित्यिक कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम पनि सहभागी हरुले आ–आफनो प्रस्तुती सहित सफल बनाएका थिए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment