नयाँ दिल्ली २१ भदौ । भारतको राजधानी नयाँ दिल्लीमा नेपालमा विभेदकारी संविधान जारी भएको भन्दै विरोध प्रदर्शनका साथै संविधान जलाइने भएको छ ।
नेपालको संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा असोज तीन गते नयाँ दिल्लीस्थित जंतर मंतरमा संविधान जलाइनेछ ।
दिल्लीमा रहेका मधेशी–थारुहरुको छाता संगठन युनाइटेड मधेशीजले असोज तीन गते अर्थात १९ सेप्टेम्बरमा दिउँसो २ बजेदेखि पाँच बजेसम्म जंतर मंतरमा प्रदर्शन गर्ने जनाएको छ । साथै नेपालको संविधान पनि जलाइनेछ ।
युनाइटेड मधेशीका प्रविण कुमार कर्णले हुलाकी न्यूजसँग कुराकानी गर्दै असोज तीन गते नयाँ दिल्लीको जंतर मंतरमा नेपालको संविधान जलाउनका साथै विरोध प्रदर्शन हुने बताए ।
कर्णका अनुसार सोही दिन साँझ साढे सात बजेदेखि ८ बजेसम्म बत्ति निभाएर बल्याक आउट गरिनेछ ।
यता युनाइटेड मधेशीजका अध्यक्ष संजय यादवले विरोध प्रदर्शनको तयारी जोरतोरका साथ भइरहेको जनाएका छन् । हुलाकी न्यूज
No comments:
Post a Comment