/ , , / गठबन्धनबाट नेपाल सद्भावना पार्टी बाहिरिँदै

गठबन्धनबाट नेपाल सद्भावना पार्टी बाहिरिँदै

काठमाडौ, २० भदौ । तराई मधेशको आन्दोलन सकिए पनि संघीय गठबन्धनभित्रको विवाद टरेको छैन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आफू खुशी गठबन्धनको संयोजक भएको भन्दै असन्तुष्टि बढ्दै गएको हो ।

शुरुमा त यो असन्तुष्टि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच मात्र रहेको देखिएको थियो तर अहिले आएर अन्य दलका नेताहरु पनि असन्तुष्ट हुँदै गएका छन् ।
३३ दलीय सो गठबन्धन अहिले २८ दलमा समिति भएको छ भने अहिले आएर अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीले पनि गठबन्धनबाट अलग हुने तयारी गरिरहेका छन् । अध्यक्ष झा धेरै पहिलादेखि गठबन्धनको बैठकमा जान छाडि सकेका छन् ।
सो पार्टीका एक नेताले भने, ‘उपेन्द्र यादवको हैकमवादी सोचका कारण गठबन्धनमा बस्न गाह्रो भयो । एक त आफ्नै मनले उहाँ गठबन्धनको अध्यक्ष बन्नुभयो, अर्कोतिर गठबन्धनबाट हुने गतिविधिको पनि जानकारी गराउनु हुन्न, त्यही भएर त्यहाँ साक्षि भएर बस्न उचित लागेन, अब गठबन्धनबाट बाहिरिएको घोषणा गर्नेछौ ।’टुुडेखबर

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment