साह पत्रकार माथीको आरोप
पत्रकार वीचको विवाद पछि महासंघद्धारा गठित समितिले पेश गरेको प्रतिवेदन अनुसार, कान्तिपुर समाचारदाता साहले आफुलाई सहायक सिडियो जतिको अधिकार भएको भन्दै, धम्काउँदै हिडेकोले समाज तथा समुदायमा राम्रो सम्बन्ध नरहेको, निज उपर विभिन्न लिखित तथा मौखिक उजुरीहरु परेको, सिरहा वेसमा काम गर्ने जिम्मेवारी पाएका निजले अर्को जिल्ला सप्त्तरी गएर वेल्ही प्रहरी सँग रकम लेनदेनको विषयमा वादविवाद गरी एक रात प्रहरी नियन्त्रणमा वसेको, सप्त्तरीको मधुपटी स्थित जनचेतना संगम संस्था सँग मोटो रकम माँग गरेको नदिए संस्था नै डुवाई दिने धम्की दिदै आएको, ट्राफिक सँग बुलुबुक विषयमा झगडा गरी प्रहरी सँग हेलमेटले कुटपिट गरेको, रकम विषयमा वादविवाद गरी स्थानिय धर्मु यादव उपर महासंघलाई वाइपास गरी सार्वजनिक मुद्दा दर्ता गराइएको गोलबजारको व्यापारी राम सगुन संग रकम माँग गर्ने गरेको, गणपतिवावा कन्ट्रक्शन सँग १० हजार रकम लिएको, पशु सेवा कार्यालयको समाचार तथ्यहीन प्रकाशित भएको र समाजमा निज उपर गलत छाप रहेकोले महासंघको सदस्यमा वसिरहन उपयुक्र नदेखिएको ठहर गर्दै साहलाई निलम्बन गर्न समितिले प्रतिवेदन मार्फत सिफरिस गरेको हो । २ महिनाको लागि निलम्ब्न गरिएको यादवलाई किन निलम्बन गरिएको, निज माथीको कुनै आरोप प्रतिवेदनमा खुलाइएको छैन ।
No comments:
Post a Comment