काठमाडौँ, ३ असोज । सरकारले संविधान दिवसका अवसर पारेर विभिन्न जेलमा रहेका ५३७ जना कैदीको बाँकी कैद माफी मिनाहा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले ४० प्रतिशत कैद मिनाहा गरिसकेको र आचरण सुधार गरेका कैदीको कैद मिनाहा गर्ने निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए। उनीहरुको नाम भोलि सार्वजनिक गरिने उनले बताए।
यसैगरी बैठकले गृह मन्त्रालयका सहसचिव विनोद केसीलाई सचिवमा र अर्थ मन्त्रालयका सहसचिव कृष्ण देवकोटालाई कामु सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
विभिन्न सरकारी उद्योगलाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्ने, नेपाल औषधि लिमिटेडलाई सरकार आफैँले सञ्चालन गर्ने विषयमा बैठकमा सैद्धान्तिक सहमति भएको उपप्रधानमन्त्री महराले जानकारी दिए।
No comments:
Post a Comment