/ , , , , / ‘कालो दिवस’ मनाउन छुट्टाछुट्टै कार्यक्रम

‘कालो दिवस’ मनाउन छुट्टाछुट्टै कार्यक्रम

काठमाडौं ३ असोज । संविधान जारी भएको दिन असोज ३ लाई कालो दिवसको रुपमा मनाउन संघीय गठबन्धन र मोर्चाका चार दलले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्दैछ ।

गठबन्धनले सोमबार दिउँसो २ बजे रत्नपार्कस्थित शान्ति वाटिकामा जम्मा भई कालो झन्डा र व्यानरसहित कालो दिवसको रुपमा विरोध प्रदर्शन गर्दैछ ।

यसैगरी, मोर्चाभित्रका चार दल महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेसपा र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकले माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्दैछ ।

यसअघि गतवर्ष पनि असोज ३ गते संविधान जारी भएको दिनलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा काठमाडौं सहित मधेशव्यापी कालो दिवस मनाइएकोे थियो ।

नयाँ संविधान मधेशी, आदिवासी जनजाति, खस, थारु, मुश्लिम, महिला, दलित लगायत उत्पीडित समुदायको पक्षमा नरहेको भन्दै गठबन्धनले कालो दिवस मनाउन लागेको हो । सरकारले भने असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment