Onlinesiraha-Nepali |
- राजनीतिक रवाफ देखाउँदै घरमै बसेर शिक्षक तलब खाँदै
- थर्ड एलायन्सद्वारा जिवन रक्षाको अपिल
- श्रीमानले काटे श्रीमतीको नाक कारण दाइजो
- अमेरिकी प्रविधिको युएम मोटरसाइकलको शोरुम अव लहानमा
- मरेको १० घण्टापछि जलाउने बेलामा ब्युँझिएकी महिलाको यमराजसँग भेटेको दावी
- संविधान दिवसकै दिन काठमाण्डुको सडकमा देखिए रगतले लतपतिएको मधेशीका शवहरु… (तस्बिरसहित)
- गौरमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बिच झडप
- संविधान दिवस मधेश VS पहाड (फोटो आफै बोल्छ)
राजनीतिक रवाफ देखाउँदै घरमै बसेर शिक्षक तलब खाँदै Posted: 19 Sep 2016 07:32 AM PDT राम नारायण पंडित, सिरहा, ०३ असोज । सिरहामा एक जना प्राथमिक विद्यालयका शिक्षकले राजनीतिक रवाफ देखाउँदै घरमै बसेर तलब खाने गरेको छ । जनजागृती प्राथमिक विद्यालय मिर्चैया १ मठडाहीकुटीका एक शिक्षकले घरमै वसिवसि तलव खाने गरेको पाईएको छ । तीन कक्षा सम्म पढाई हुने सो विद्यालयका एक मात्र शिक्षक (निमित्त प्र.अ.) हरिवेव मण्डलले विद्यालयमा उपस्थित नभएपनि शिक्षा कार्यालयबाट नियमित रुपमा तलव खाने गरेको खुलासा भएको छ । मण्डल शिक्षक नियुक्त भएदेखि नै विद्यालय नआउने गरेको विद्यालयका अध्यक्ष समेत रहेका बुलन मण्डलले गुनासो गरे । शिक्षक मण्डल गाउँकै भएकोले राजनीतिक रवाफ देखाउँदै विद्यालय नआउने गरेको उनले बताए । शिक्षक नआएपछि विद्यालयका कार्यालय सहयोगी रविन्द्र ठाकुरले आएका विद्यार्थीलाई पढाउने गरेको अध्यक्ष मण्डलले बताए । नियुक्ति भएदेखि नै शिक्षक मण्डल विद्यालयमा नआएपछि आफैले आएका विद्यार्थीहरुलाई सकेको पढाउने गरेको कार्यालय सहयोगी ठाकुरले स्वीकार गरे । तीन वटै कक्षामा गरी जम्मा ६० जना विद्यार्थी रहेको भएपनि १२÷१५ जना विद्यार्थी मात्र नियमित आउने गरेका ठाकुरले बताए । शिक्षकलाई नियमित उपस्थित गराउन वा अर्को शिक्षक पठाई दिन जिल्ला शिक्षा कार्यालय र शिक्षा मन्त्रीसम्मलाई पटक पटक अनुरोध गरेपनि कुनै सुनुवाई नभएकोले स्थानीयहरु आक्रोश व्यक्त गरे । यता, सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले उनको विषयमा यहाँ पनि गुनासो आएको भन्दै उनको ठाउँमा चाडैं अर्को शिक्षक पठाउने तयारी भईरहेको प्रतिक्रया दिए । दलित वस्तिको मध्य भागमा रहेको उत्तः विद्यालयमा अध्यनरत विद्यार्थीहरु दलित मात्र रहेको बताइएको छ । परिचर ठाकुर पुजा गराउनमा व्यस्त । सिरहा संचारकर्मीहरुको एक टोलीले विद्यालयमा पुगेपछि विद्यालय खाली रहेको थियो । परिचर ठाकुर विद्यालय नजिकैको एक घरमा भगवानको पुजा गराउँनमा व्यस्त रहेका थिए । हिलो र पानी भरिएको विद्यालयको प्रङ्गणमा भने भैंसी चरिरहेको थियो । यति मात्र कहाँ हो र विद्यालमया पढाई नभएपछि विद्यार्थीहरुले माछा मार्न कोदालो वोकेर हिडेका थिए । भौतिक भूर्वाधार निर्माणको रकम झ्वाम विद्यालयलाई भौतिक सुविधा विस्तार कार्यक्रम अन्तर्गत कक्षा कोठा र शौचालय निर्माणका लागि रकम निकाशा दिएको भए पनि काम पुरा नगरी रकम झ्वाम पारेको बताइएको छ । कक्षा कोठा निर्माणको लागि आव ०६५÷६६ र ६६÷६७ मा पाँच लाख ५० हजार र शौचालय निर्माणको लागि एक लाख ५० हजार दिएको भएपछि काम अधुरै रहेको शिक्षा कार्यालयले बताएको छ । जिल्ला शिक्षा कार्याल सिरहाका भौतिक योजना प्रमुख यन्जिनियर दिनेश कुमार यादवले काम सम्पन्न गरी फरछ्यौट गर्न पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत कुनै वास्ता नगरेको बताए । कक्षा कोठाकोलागि जग बनाई फलामे पाइप ठड्याएर पाँच बर्षदेखि अरु काम नगरेको बताइएको छ । खाली फलामे पाइममात्र ठड्याएका कारण पाइमा खिया लागेर कामै नलाग्ने अवस्थामा पुग्न लागेको इन्जिनियर यादवले बताउनु भयो । दलित छात्रवृतिमा अनियमितता । राज्यले दिदै आएको दलित छात्रवृतिको रकम समेत पाँच वर्षदेखि नदिएको अभिभावकहरुले गुनासो गरेका छन् । यता, शिक्षक मण्डलले आफ्नो बिद्यालयमा छात्रवृति र पुस्तकको पैसा शिक्षा कार्यालयले नपठाएको प्रतिक्रया दिए । शिक्षा कार्यालयले पुस्तकको पैसा नपठाएपछि यो वर्ष आफ्नै खल्तीबाट सात हजार पाँच सयको पुस्तक किनेर विद्यार्थीलाई दिएको उनले दाबी गरे । यता शिक्षा कार्यालयको रेकर्डमा आव ०७२÷७३ मा ५१ जना विद्यार्थीको लागि छात्रवृति वापत २० हजार चार सय र पाठ्यपुस्तक बापत सात हजार पाँच सय रुपैयाँ गएको देखाएको छ । | ||||||
थर्ड एलायन्सद्वारा जिवन रक्षाको अपिल Posted: 19 Sep 2016 06:53 AM PDT विकास निर्माण लगायतका विभिन्न माग गर्दै आमरण अनसन गर्दै आएका अनसनकारीको अवस्था दिनप्रतिदिन स्वास्थ्य नाजुक गएको भन्दै तराई मानवअधिकार रक्षक संजालले जिवन रक्षाको लागि माग गरेको छ । चरणबद्ध रुपमा जनकपुर–जलेश्वर–भिठ्ठामोड सडक खण्डको निर्माण लगायत विकास निर्माणको विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका आन्दोलनकारीले विगत ७ दिन देखि आमरण अनसन जारी राखेपनि कसैले वास्ता नगरेको भन्दै तराई मानवअधिकार रक्षक संजाल केन्द्रिय कार्यालयका मानवअधिकार अधिकृत किरण कुमार कर्णले आमरण अनसनकारीहरुको जिवन रक्षाको लागि सबै पक्षसंग माग गरेको हो । अनसनकारीहरुले जायज माग राख्दै आमरण अनसनलाई निरन्तरता दिदैँ आएको छ भने अनसनकारीको अवस्था दिनप्रति दिन नाजुक बन्दै गएको जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्तिमा "वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा (४४ वर्ष), नेकपा माओवादी केन्द्रका युवा नेता सत्येन्द्र यादव (२७ वर्ष), तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला सदस्य रमन कुमार ठाकुर (२८ वर्ष) र स्वतन्त्र मधेश गठबन्धनका नेता रंजित राज मधेशी (२६ वर्ष) लगायतका आन्दोलनकारीहरु ५ सुत्रिय माग राख्दै आमरण अनसनलाई निरन्तरता दिई रहदाँ समेत न त स्थानीय स्तरमा पहल भएको देखिन्छ । न त राज्य स्तरबाटै कुनै किसिमको पहल देखिन्छ । त्यसैले अनसनरत्त पक्षको मागहरुबारे नेपाल सरकारलाई यसै विज्ञप्ति मार्फत पहल गर्न समेत आह्वान गर्दछौ ।" सम्बन्धित पक्ष लगायतका गम्भिर नहुदाँ अनसनकारीको स्वास्थ्य दिनप्रति दिन विग्रिदैँ गएको हुनाले सबै पक्षसंग जिवन रक्षाको लागि थर्ड एलायन्सले जोडदार माग गरेको छ । | ||||||
श्रीमानले काटे श्रीमतीको नाक कारण दाइजो Posted: 19 Sep 2016 06:49 AM PDT उत्तर भारतस्थित उत्तर प्रदेशको सज्जनपुरकी कमलेश राथोर, २५, लाई उनका श्रीमान् संजीव राथोर, २७, ले दाइजो स्वरुप ८० हजार नदिएको रिसमा उनको नाक काटिएको हो । कमलेश भन्छिन्, 'दाइजोका लागि उनले मलाई दैनिक सताउने गर्दथे । उनले तारन्तार मसँग ८० हजार रुपैयाँ दाइजो मागिरहन्थे ।' 'मैले निरन्तर भन्थें कि मेरो बुवा निकै गरिब हुनुहुन्छ त्यसकारण उहाँले तपाईंलाई यति रकम दिन सक्नुहुन्न । उनले मेरा केही कुरा सुनेनन् । मेरो नाक काटिदिने भनी सधैं धम्की दिन्थे,' उनी भन्छिन् । 'यहि निउँमा उनले मलाई वर्षौंदेखि कुट्दै आएका छन् ।'उनले मलाई बेल्ट, जुत्ता, लट्ठीले कुट्दथे । मलाई यौनकर्मीको रुपमा काम गरिरहेको आरोप लगाउँदै मलाई बेचिदिने धम्की पनि दिन्थे । दिनदिनै रक्सी खाएर आउने मेरो श्रीमानसँगको ८ वर्ष बसाईं मेरो लागि निकै कष्टकर रह्यो, ' उनले डेली मेललाई बताइन् । गत सेप्टेम्बर १४ तारिखमा कमलेस खाना बनाइरहेकी थिइन् जब संजीवले पुनः ८० हजारको माग राखी उनीमाथि कराए । उनका अनुसार त्यस दिन घरका अन्य परिवारले उनलाई पछाडिबाट समाते र भुइँमा लडाए, त्यतिबेला उनको श्रीमान् उनको नाक काटिदिए । उनले भनिन्, 'मलाई उनीहरुले निकै बेस्सरी च्यापेका थिए, म चलमल गर्ने अवस्थामा थिइनँ ।' ६ वर्षीया छोरीकी आमा कमलेसको नाक काटेपछि उनको श्रीमानसहित परिवारका अन्य सदस्य सम्पर्कबिहिन छन् । नाक काटिसकेपछि श्रीमानको अन्तिम वाक्य थियो, 'अब तँ जिन्दगीभर यस्तै हुन्छेस् ।' घटनापश्चात् कमलेशले उनको घर नजिकै रहेको आफ्नो माइतीपक्षलाई बोलाइन्, उनीहरुले कमलेशलाई नजिकैको अस्पताल पुर्याए । डाक्टरहरुले उनको नाकलाई पुनः जोड्न सकेनन् किनभने नाकको टुक्रालाई संजीवले आफूसँगै लिएर गएका थिए । नाकको शल्यक्रिया गर्न कमलेशको माइतीपक्षको आर्थिक स्थिती निकै कमजोर रहेको उनले बताइन् । पुलिसका अनुसार उनीहरुले घटनामा संलग्न कमलेशका श्रीमान्, सासू, ससूरा, नन्द र देवरको खोजी गरिरहेका छन् । | ||||||
अमेरिकी प्रविधिको युएम मोटरसाइकलको शोरुम अव लहानमा Posted: 19 Sep 2016 06:33 AM PDT अमेरिकी प्रविधिमा निर्मित यु एम मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता सागर ट्रेडर्सले विश्वकर्मा पुजाको शुभ अवसरमा आफ्नो सेल्स सर्भिस तथा स्पेयर्स सुविधा सम्पन्न शोरुमको उद्घाटन लहान ३ कुशवाहा चौकमा सम्पन्न गरेको छ I उद्घाटन नेपाल उधोग वाणिज्य महासंघका केन्द्रिय सदस्य अशोक अग्रवाल , लहान उधोग वाणिज्य संघको अध्यक्ष सुनिल महतो तथा आईएमई अटोमोटिभस बाट आएका यु एम मोटरसाइकल डिभिजनका प्रमुख उज्वल जोशी द्वारा गरिएकोछ I नेपालको लागि आधिकारिक वितरक रहेको आईएमई ग्रुप अन्तर्गत आईएमई अटोमोटिभसले नेपालको विभिन्न ठाउमा १५ वटा सेल्स सर्भिस र स्पेयर्स सुविधा सम्पन्न शोरुमहरु खोलिसकेका छन् I संसारको तिस भन्दा वढी देश र १३०० सय भन्दा बढी शोरुमहरुबाट युएम ब्रान्डको मोटरसाइकल र स्कुटी विक्री भैरहेको छ I नेपालका मोटरसाइकल पारखीहरुलाई एउटा छुट्टै नयाँ अनुभव दिने विश्वासको साथ सागर ट्रेडर्सले युएम मोटरसाइकल र स्कुटीको शोरुम लहानमा राखेको ट्रेडर्सका संचालक सन्दिप उपाध्याय र राम बाबु महतोले बताए I उद्घाटनको शुभ अवशरमा सागर ट्रेडर्सले ग्राहकहरुलाई दशैँ तिहार छुट अन्तर्गत १५ हजार सम्मको छुट संगै नेपाल अधिराज्यभरिबाट बम्पर उपहार योजना अन्तर्गत १ जनालाई ५ लाख नगद उपहार दिइने संचालकले बताए I असोज १ गते देखि ५ गते सम्म शोरुमै मोटरसाइकल एक्सचेन्जको सुविधा पनि रहेकोछ I अन्य कम्पनि झैँ यस कम्पनीको दिर्घकालिन सोच विक्रिमा मात्र केन्द्रित नभएर बिक्रि पछिका सेवा र स्पेयर्समा शत प्रतिशत सेवा कायम रहने प्रतिवध्ता सहित अमेरिकन प्रविधिमा निर्मित उएम ब्रान्डका मोटरसाइकल तथा स्कुटिले ग्राहकको मन जित्ने कुरामा कम्पनि विश्वस्त रहेको आईएमई अटोमोटिभसका उज्वल जोशी बताए I | ||||||
मरेको १० घण्टापछि जलाउने बेलामा ब्युँझिएकी महिलाको यमराजसँग भेटेको दावी Posted: 19 Sep 2016 05:59 AM PDT असोज २ गते- मरेको मान्छे पनि ब्यूँतिएला त ? असम्भव । अझ मरेको मान्छे ब्यूँतिएर यमराजसँग आफूले भेटेको दावी गर्यो भने त विश्वास गर्नै गाह्रो हुन्छ । तर कहिलेकाहीँ यस्ता घटनाहरु पनि सुन्नुपर्ने हुन्छ । हाम्रै छिमेकी मुलुक भारतमा एकजना ९० वर्षे महिला मृत घोषित गरिएको १० घण्टापछि ब्यूँतिन् र उनले ब्यूँतिसकेपछि आफूले यमराजलाई भेटेको दावी गरेकी छिन् । भारतको उत्तरप्रदेशस्थित खुर्जा क्षेत्रकी कैला देवी नामकी वृद्धाको गत जुलाई २५ मा मृत्यु भएपनि घाटमा लगेर अन्त्येष्टी गर्ने बेलामा करिब १० घण्टापछि ब्यूँतिएकी थिइन् । उनी ब्यूँतिएपछि घाटमा जम्मा भएका सबै मानिस डराए र अचम्म माने । उनलाई घर फिर्ता लगियो र सोधियो कसरी यस्तो भयो ? कैलाले भने यमराज आफैले पुनः धर्तीमा ल्याएर ज्यूँदो पारेर छाडिदिएको बताईन् । उनका अनुसार यमलोकमा पुगेर उनको कागजात हेर्दा उनको मृत्युको समय नै पुगेको रहेनछ । र उनलाई धर्तीमै ल्याएर छाडिएको रे । - | ||||||
संविधान दिवसकै दिन काठमाण्डुको सडकमा देखिए रगतले लतपतिएको मधेशीका शवहरु… (तस्बिरसहित) Posted: 19 Sep 2016 05:57 AM PDT सरकारले संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा संविधान दिवस मनाइरहेका बेला मधेसी दलले भने आजको दिनलाई कालो दिनका रुपमा मनाएका छन् । मधेशी समाजले काठमाडौंको माइती घर मण्डलामा लासहरु बनाएर प्रदर्शन गरेको छ । साथै मधेशीमाथि राज्यबाट अत्याधिक दमन भए पनि अन्तर्राष्ट्रिय समुदायले कुनै कदम नचालेको भन्दै बल्याक बुद्ध(कालो बुद्ध)को मुर्ति निर्माण गरी प्रदर्शन गरिएको छ । उक्त बुद्धहरुको मुखमा कालो पटी बाँधिएको थियो । | ||||||
गौरमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बिच झडप Posted: 19 Sep 2016 05:12 AM PDT रौतहट, सोज ३ गते । रौतहट जिल्लाको सदरमुकाम गौरमा संविधान दिवस मनाउन निस्केको जुलुसमा सहभागी भएका सरकारी कार्यालयका कर्मचारीहरुलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले लखेटेका छन् । नयाँ संविधान जारी भएको एक वर्ष पुरा भएको अवसरमा नेपाल सरकारले घोषणा गरेको पूर्व कार्यक्रम अनुसार प्रमुख जिल्ला अधिकारी नरहरी बरालको नेतृत्वमा सोमबार विहान निस्केको रैली माथि संविधानको विरोधमा रहेका मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनका कार्यकर्ताहरुले प्रतिकार गर्दा जुलुसमा सहभागी रहेका सरकारी कर्मचारीहरु भागेका थिए भने मोर्चा र प्रहरी बिच झडप भएको थियो । जिल्ला प्रसाशन कार्यालयवाट संविधान दिवस लेखिएको बैनरसहित निस्केको करिब १०० मिटरको दुरीमा नपुग्दै गठबन्धनका कार्यकर्ताहरु कार्यक्रम विथोलेका हुन् । सरकारले विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाउन घोषणा गरेको छन् भने अर्को तिर आन्दोलनमा रहेका संघीय गठवन्धनले असोज ३ गतेका दिन विरोधका कार्यक्रम गरि कालो दिवस मनाउन घोषणा गरेको हो । विहान निस्केको जुलुसमा भएको झडपमा सुरक्षाकर्मीहरुले लाठी प्रहार गर्दा दर्जन भर मोर्चा कार्यकर्ता सामान्य रुपमा घाइते भएको हो । त्यस्तै पूर्व घोषित कार्यक्रम अनुसार तराई–मधेश राष्ट्रिय अभियान रौतहटका कार्यकर्ताहरुले गौरस्थित मधेशी क्रान्ति चौकमा नेपालको संविधान २०७२ जलाई विरोध जनाएका छन् । जारी भएको संविधान मधेश विरोधी रहेको भन्दै तमरा अभियानका कार्यकर्ताहरुले संविधान जलाएको अभियानका केन्द्रीय सदस्य ललित मल्लिक सािनुले बताएका छन् । मोर्चाले बेलुकी साढे सात बजेदेखि साढे आठ बजेसम्म ब्लैक आउट गरि कालो दिवस मनाउने घोषणा गरेका छन् । | ||||||
संविधान दिवस मधेश VS पहाड (फोटो आफै बोल्छ) Posted: 19 Sep 2016 09:19 AM PDT
मैथिलीमा यो समाचार पढन संविधान दिवसमें सप्तरीके पत्रकारसब मनेलक कारि दिन(फोटो के साथ) |
You are subscribed to email updates from OnlineSiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment