/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


सिरहामा इनार भित्र निस्सासिएर दुईको मृत्यु

Posted: 09 Aug 2016 08:15 AM PDT

ऑनलाइन सिरहा डटकम साउन २५ । मंगलबार सिरहाको धनगढीमाई नपा–१२ मा इनारमा निस्सासिएर दुई जनाको मृत्यु भएको छ ।३० वर्षिय जागेश्वर मण्डल इनार भित्र झरेको वाल्टिन निकाल्ने क्रममा निस्सासिएर मृत्यु भएको हो भने उनलाई बचाउन पसेका काका रामविलास मण्डलको पनि मृत्यु भएको हो।इनारमा पानी भरिरहेको वेला बाल्टिन झरेपछि निकाल्न पसेका जागेश्वर निस्सासीएर पानीमा झरेपछि उनलाई निकाल्न पस्दा काका रामविलास पनि निस्सासिएर पानीमा डुवेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।उद्धारकोे लागि प्रहरीलाई खवर गरेपनि दुई घण्टा ढिलो गरी प्रहरी घटनास्थलमा पुगेका थिए । लहानबाट गएको जनपथ प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले इनारबाट शव निकालेको प्रहरीले जनाएको छ । दुवै शव पोष्टमार्टमकोलागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

जिल्ला अस्पताल परिसरबाट मोटरसाईकल चोरी

Posted: 09 Aug 2016 05:02 AM PDT

ऑनलाइन सिरहा डटकम साउन २५ । जिल्ला अस्पताल सिरहामा कार्यरत मेडिकल अधिकृत डा दिलिप सदाको मोटरसाईकल चोरी भएको छ । अस्पताल परिसरमै पार्किग गरी राखिएको सदाको स ५ प ८०८७ नम्बरको कालो रंगको पल्सर मोटरसाईकल चोरी भएको हो । मोटरसाईकल पार्किग गरी जिल्ला अस्पतालमै डियूटीमै रहेको सदाको मोटरसाईकल चोरी भएको हो । दिउँसो पानी परेको मौका छोपेर मोटरसाईकल चोरले चोरी गरेको आशंका डा सदाले गरेको छ । डियूटी सकेर साढे ४ बजेतिर बाहिर निस्कने क्रममा मोटरसाईकल खोज्दा नभेट्टाएको उनले बताए । जिल्ला अस्पतालको डियूटी सकेर उनी घर जान मोटरसाईकल खोज्दा फेला नपरेपछि स्थानीय प्रहरीमा खबर गरेको बताए । यो समाचार तयार पार्दा सम्म उनको मोटरसाईकल फेला परेको थिएन् । मुख्य सडकको छेउमा रहेको जिल्ला अस्पताल परिसरबाट मोटरसाईकल चोरी हुनुलाई सिरहाको शान्ति सुरक्षासँग जोडेर हेर्न सकिन्छ । यसले सिरहा सदरमुकामको शान्ति सुरक्षा कमजोर भएको स्थानीयहरुको आरोप रहेको छ । चोरहरुले सहजै बजारबाट दिनदहाडै चोरी गर्न सफल हुनुले स्थानीय प्रशासनको कमजोर र सुस्त कार्यशैली रहेको स्थानीयले बताए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment