Onlinesiraha-Nepali |
सिरहामा लेनदेनको खेलमा परीक्षा अमर्यादित, व्ल्याकवोर्ड समेत प्रयोग भईरहेको श्रोतको दाबी Posted: 31 Aug 2016 05:09 AM PDT राम नारायण पंडित, सिरहा, १५ भदौ । सिरहामा लेनदेनको खेलमा परीक्षा अमर्यादित भईरहेको छ । रकमको चलखेलमा गोलबजारमा रहेको रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पसमा संचालन भईरहेको स्नातक तह प्रथम वर्षको परीक्षा अमर्यादित हुने गरेको छ । परीक्षाको नियमअनुसार एउटा डेक्स वेञ्चमा दुई जना विद्यार्थी वस्नु पर्ने व्यवस्था भएपनि विद्यार्थीहरु मनपर्दी तरीकाले तीन चार जनासम्म एकैठाउँमा बसेर परीक्षा दिइरहेको भेटिएको छ । क्याम्पस प्रमुख किशोर कुमार साह आफै वसेर परीक्षा लिइरहेकोप्रति क्याम्पसका धरै शिक्षकहरुले असन्तुष्टि व्यक्त गरेका छन् । एक शिक्षकले यसरी परीक्षा संचालन गरेर क्याम्पसको भविष्यलाई धरापमा पारेको बताए । आर्थिक प्रलोभनमा परेर क्याम्पस प्रमुखले परीक्षा मनपरी तरीकाले संचालन गरेको छ, यसले क्याम्पसलाई नै घाटा हुने निश्चित रहेको उनेले भने । परीक्षामा सम्वन्धित क्याम्पसकै विषयगत शिक्षकहरु उपस्थित भएर परीक्षामा चिठ वनाउने गरिरहेको नाम नबताउने सर्तमा एक शिक्षकले बताए । परीक्षामा सहलेश कलेज लहानका शिक्षक गौरीशंकर चौधरी र फूलेश्वर साह उपस्थित रहेका थिए । परीक्षा निरीक्षणको लागि केन्द्रिय टोली आउने जानकारी आएपछि उनीहरु परीक्षाकेन्द्रबाट बाहिरिका थियो । उहाँहरुको उपस्थितिवारे कलेज प्रमुखसँग जिज्ञासा राख्दा एक जना शिक्षक प्रवेश पत्र लिएर आउन पाउँने बताए । परीक्षाकेन्द्रमा खिचिएको फोटो डिलेट गर्न समेत दवाव दिएको थियो । त्यहँ, सहलेश कलेज लहान, रामजानी कलेज सुखिपुर, सरस्वाती कलेज मोहनपुर र ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाको परीक्षा केन्द्र रहेको छ । परीक्षामा व्ल्याकवोर्ड र चिठ समेत प्रयोग हुने गरेको श्रोतबो दाबी रहेको छ । |
मिर्चैयमा कार्यालय सहयोगीको भरमा आयुर्वेद औषधालय संचालन Posted: 30 Aug 2016 08:54 PM PDT राम नारायण पंडित, सिरहा, १४ भदौ ।सिरहाको मिर्चैयामा रहेको आयुर्वेद औषधालय कार्यालय सहयोगीको भरमा संचालन भईरहेको छ । विभिन्न वाहाना देखाएर औषधालयका प्रमुख कविराज राकेश कुमार यादव नियमित उपस्थित नभएपछि कार्यालय सहयोगीले सवै काम गर्दै आएको हो । प्रमुख यादब प्रत्येक महिनाको अत्यतिर आएर महिना भरीको हाजिरी गरेर तलव खाने गरेको स्थानीयले बताए । स्थानियका अनुसार प्रमुख यादब महिनामा मुस्किलले १० दिन कार्यालयमा उपस्थित हुने गरेका छन् । कविराजलाई नियमित रुपमा कार्यालयमा उपस्थित हुन अनुरोध गरेपनि उहाँले कुनै सुनुवाई नगरेको स्थानीयहरुले गुनासो गरे । स्थानीयले जिल्ला आयुर्वेद औषधालयमा खवर गरेपनि कुनै सुनवाई नभएको बताए । औषधालयमा बैध नियमित रुपमा उपस्थित नहुने भएपछि आफुले बाध्यताबस विरामीहरुलाई उपचार गर्ने गरेको कार्यालय सहयोगी रामकुमार यादवले बताए । आफूले सामान्य ग्याष्ट्रिक, कव्जियत, प्रेसर जस्ता समस्याको औषधी दिने गरेको उनले बताए । पहिला वेला वेलामा आउने गरेको भएपनि पछिल्लो दिनमा सरको गाउँमा घर वनिरहेकोले कम आउन थालेको कार्यालय साहयोगी यादवले बताए । यता, जिल्ला आयुर्वेद औषधालय, सिरहाका प्रमुख वरिष्ठ कविराज नरेन्द्र प्रसाद पटेलले आफूसँग स्थानीयको गुनासो आएको बताउनु भयो । स्थानीयको गुनासो आएपछि आफूले पटक पटक नियमित रुपमा उपस्थित हुन निर्देशन दिएपनि उनले नटेरेको निरिहता प्रकट गरे । प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले आफूलाई यो विषयमा अहिलेसम्म जानकारी नभएको भन्दै अव सम्वन्धि कार्यालय मार्फत तुरुन्त स्पष्टिकरण सोध्ने प्रतिक्रिया दिए । रौतहट मदनपुर ४ घर भएका यादब गाउँमा घर वनिरहेकोले कार्यालयमा नियमित उपस्थित हुन नसकेको फोनमा स्वीकार गरे । |
You are subscribed to email updates from OnlineSiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment