राम नारायण पंडित, सिरहा, १६ भदौ । अबैध रुपमा क्लिनिक संचालन गरेको भन्दै भारतीय नक्कली डाक्टरलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको गोलबजार ४ स्थित मुजेवुल अन्सारीको घर भाडामा लिई अबैध रुपमा क्लिनिक सञ्चालन गरेका भारतीय नक्कली डाक्टरलाई ईलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको जिल्ला मधुवनी र सोनामती पञ्चायत घर भएका रामजी दास रहेको प्रहरीले बताए । बिना योग्यताले सर्वसाधारणलाई डाक्टर रहेको भन्दै उनले क्लिनिक सञ्चालन गरि मोटो रकम लिई हाईड्रोसिल, वावासिर, भोकन्दर समेतको उपचार गर्दै आएको प्रहरीको भनाई रहेको छ । पक्राउ परेका दाससँग क्लिनिक सञ्चालनको लागि चाहिने कुनै इजाजत पत्र छैन भने उनले कक्षा ६ सम्मको अध्ययन मात्र गरेको भेटिएको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायको कमाण्डमा खटिएको प्रहरी टोलीले उनले सञ्चालन गर्दै आएको क्लिनिकबाट औषधि लगायतका सामग्रीहरु समेत बरामद गरेको छ । पक्राउ परेका दासको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Home /
Apradh Khabar
,
Breaking
,
Headline1
,
National
,
social
,
Socity
,
Special News
/
भारतीय नक्कली डाक्टर सिरहा प्रहरीको फन्दामा
No comments:
Post a Comment