/ , , , / लेनदेनको खेलमा सिरहामा परीक्षा अमर्यादित

लेनदेनको खेलमा सिरहामा परीक्षा अमर्यादित


समग्र संदेश डट कम अनलाईन । 
सिरहा, भदौ १५–  रकमको चलखेलमा गोलबजारस्थित रामप्रताप रामप्रसाद जनता बहुमुखि क्याम्पसमा संचालन भईरहेको स्नातक प्रथम वर्षको परीक्षा अमर्यादित हुनेगरेको छ । विहिवार विहान स्नाताक व्यवस्थापन संकायका  विजनस स्टर्डिज विषयको परिक्षामा  दृश्यले पनि यस्तै देखाएको छ । 
परीक्षाको नियमअनुसार एउटा डेक्स वेञ्चमा दुई जना विद्यार्थी वस्नु पर्ने व्यवस्था भएपनि विद्यार्थीहरु मनपर्दी तरीकाले तीन चार जनासम्म एकैठाउँमा बसेर परीक्षा दिइरहेको भेटिएको छ । क्याम्पस प्रमुख किशोर कुमार साह आफै वसेर यसरी परीक्षालिएको प्रति क्याम्पसका धरै शिक्षकहरुले असन्तुष्टि व्यक्त गरेका छन् । 

एक शिक्षकले यसरी परीक्षा संचालन गरेर क्याम्पसको भविष्यलाई धरापमा पारेको बताउनु भएको छ । आर्थिक प्रलोभनमा परेर क्याम्पस प्रमुखले परीक्षा मनपरी तरीकाले संचालन गरेको छ, यसले क्याम्पसलाई नै घाटा हुने निश्चित रहेको उहाँले बताउनु भयो । 

परीक्षामा सम्वन्धित क्याम्पसकै विषयगत शिक्षकहरु उपस्थित भएर परीक्षामा चिठ वनाउने गरेको नाम नबताउने सर्तमा एक शिक्षकले बताएको छ । आजै भएको परीक्षामा सहलेश कलेज, लहानका शिक्षक गौरीशंकर चौधरी र फूलेश्वर साह उपस्थित रहेका थिए । 
परीक्षा निरीक्षणकोलागि केन्द्रिय टोली आउने जानकारी आएपछि उनीहरु परीक्षाकेन्द्रबाट बाहिरिनु भएको थियो । उहाँहरुको उपस्थितिवारे कलेज प्रमुदसँग जिज्ञासा राख्दा एकजना शिक्षक प्रवेश पत्र लिएर आउन पाउने बताउनु भयो । 
परीक्षाको विषमा उहाँले पढाई राम्रो भएको छैन, त्यसैले विद्यार्थीलाई सामान्य सहुलिएत गरेको भन्दै यो घटनालाई सार्वजनिक नगर्न अनुरोध गर्नुभएको थियो । परीक्षाकेन्द्रमा लिएको फोटो डिलेट गर्न समेत दवाव दिएको थियो ।
सहलेश कलेज, लहान, रामजानी कलेज सुखिपुर, सरस्वाती कलेज, मोहनपुर र ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाको परीक्षा केन्द्र रहेको छ । 
परीक्षामा कालो पार्टी (व्ल्याकवोर्ड), चिठ समेत प्रयोग हुने गरेको बुझिएको छ । परीक्षा संचालनकोलागि व्रम्हचारी दामोरानन्द कलेज लगायत तीनवटै कलेजसँग परीक्षा खर्च लिएको स्रोतले बताएको छ । 




about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment