/ , , , / प्रहरीको अप्रेशन हुण्डी कारोबारीतर्फ, १ वर्षमा ३२ जना पक्राउ

प्रहरीको अप्रेशन हुण्डी कारोबारीतर्फ, १ वर्षमा ३२ जना पक्राउ

नारायण अधिकारी, काठमाडौं, !५भदौ .महानगरीय प्रहरी अपराध महाशाखाले हुण्डी कारोबारी गर्ने बिरुद्ध कडा कारबाही थालेको छ । सरकारको आँखा छलेर अवैध तरीकाले पैसाको ओसारपसार (हुण्डी) गर्ने व्यक्तिमाथि महाशाखाले कडा कारबाही थालेको हो । 
महानगरीय प्रहरी अपराध महाशाखाले आर्थिक वर्ष २०७२र०७३ मा हुण्डीको कारोबार गर्ने ३२ जना पक्राउ गरेको छ । गएको वर्षदेखि अपराध महाशाखा प्रमुखको जिम्मेवारी पाएका एसएसपी सर्वेन्द्र खनालले हुण्डी कारोबारीमाथि पनि कडा अप्रेशन थालेको बताउनुभयो । गएको असार ६ गते अपराध महाशाखाको प्रमुख भएका एसएसपी खनालको अगुवाईमा असोज १३ गतेनै ९ जना हुण्डी कारोबारीलाई पक्रेका थिए । उनीहरुलाई काठमाडौंमा बिभिन्न मनी एक्सचेन्ज, ट्राभल एजेन्सीहरु खोलेर हुण्डी गर्ने गरेका थिए । उनीहको साथबाट प्रहरीले तीन करोड १३ लाख १३ हजार आठसय ६५ रुपैयाँका साथै एकसय ९५ किलो चाँदी र एक तोला सुन पनि बरामद गरेको थियो । 
गएको वैशाख २९ गते काठमाडौंका विभिन्न पाँच ठाउँबाट अपराध महाशाखाले १५ जना हुण्डी कारोबारी पक्राउ गरेको थियो । उनीहरुको साथबाट एक करोड ७४ लाख ९९ हजार ६ सय ५० रुपैयाँ बरामद गरेको थियो । गएको सोमबार महाशाखाले काठमाडौंकै विभिन्न ठाउँबाट आठ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट एक करोड ७२ लाख ३७ हजार ५ सय र एक लाख भारतीय रुपैयाँ बरामद गरेको थियो । 
यसरी हेर्दा आर्थिक वर्ष २०७२र७३ मा अपराध महाशाखाले गरेका अप्रेशनमा मात्रै ३२ हुण्डी कारोबारी पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले ६ करोड ६२ लाख ८९ हजार २ सय २५ रुपैयाँ बरामद गरेको छ । त्यस्तै १ तोला सुन र १ सय ९५ किलो चाँदी पनि पक्राउ गरेको तथ्याङ्क महाशाखामा छ । 
पक्राउ परेका धेरैजसो हुण्डी कारोबारीहरुले मनि ट्रान्सफर र ट्राभल एजेन्सीको आवरणमा हुण्डी हुने गरेको प्रहरीको तथ्याङ्क छ । उनीहरुले काठमाडौंलाई मुख्य व्यवसायिक केन्द्र बनाएर हुण्डी गर्दै आएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले बताउनुभयो ।  उज्यालो 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment