रसुवा, भदौ १५ । रसुवाको हाकुमा निर्माणाधिन माथिल्लो त्रिसुली ए जलविद्युत आयोजनासँग हाकुमा क्रियाशिल विभिन्न राजनीतिक दलले दसैँका लागि खाद्यान्न वितरण गर्न आग्रह गरेका छन् ।
मंगलबार आयोजनाले दसैँका लागि कोरियाबाट आयात गरिएको कपडा कसरी वितरण गर्ने भन्ने बारेमा धुन्चेमा गरेको छलफल कार्यक्रममा राजनीतिक दलका नेताले भूकम्पका कारण हाकु अति प्रभावित भएको भन्दै चामल, नुन तेल लगायतका सामग्री वितरणका लागि आग्रह गरेका हुन् ।
नेकपा एमाले हाकुका कार्साङ तेम्वा तामाङले हाकुबाट विस्थापित भएर धुन्चे, लामाटोल, नौविसे, वोगटीटार लगायतका क्षेत्रमा बसिरहेका भूकम्प पीडितको रोजगारी नभएको भन्दै खाद्यान्न वितरण गर्नुपर्ने औंल्याउनुभयो ।
हाकुमा रहेका ८ सय ३ घरधुरीका लागि कोरियाबाट ज्याकेट र ट्रयाक सुट ल्याइएको छ । आयात गरिएको कपडा असोज १० गते वितरण गर्ने आयोजनाले जनाएको छ । २ सय १६ मेगावट क्षमताको जलविद्युत आयोजना हाकुमा निमार्ण भइरहेको छ । उज्यालो
No comments:
Post a Comment