/ , , , / नेपाली सेनाले माग्यो १५० जना अधिकृत क्याडेट

नेपाली सेनाले माग्यो १५० जना अधिकृत क्याडेट

काठमाडौं, १५ भदौ ।नेपाली सेनाले समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट १५० जना अधिकृत क्याडेटको लागि दरखास्त आह्वान गरेको छ ।
सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले संगठनको स्वीकृत दरबन्दीभित्र रिक्त अधिकृत क्याडेट पदका लागि बुधबार दरखास्त आह्वान गरेको हो ।
विज्ञापनअनुसार खुल्लातर्फ ८३ जनाको माग गरिएको छ भने समावेशी तर्फ महिला १३ जना, आदीबासी जनजाती २२ जना, मधेसी १९ जना, दलित १० जना र पिछडिएको क्षेत्रबाट ३ जना गरी १५० जना माग गरिएको हो ।
इच्छुक र योग्य उम्मेद्वारले सेनाको वेवसाइट नेपालीआर्मी डट मिल डट एनपीबाट अनलाइन दरखास्त फारम भरी सोको प्रिन्ट आउटसहित जंगी अड्डढा, भद्रकाली, पूर्वी पृतना हेडक्वाटर इटहरी, मध्य पृतना हेडक्वाटर हेटौडा, पश्चिम पृतना पोखरा, मध्य पश्चिम पृतना सुर्खेत र सुदूर पश्चिम पृतना दिपायमा दरखास्त दिन सक्नेछन् ।
दरखास्त बुझाउने अन्तिम मिति असोज १३ गतेसम्मको लागि तोकिएको छ भने दोब्बर दस्तुत बुझाएको खण्डमा भदौ २० सम्मका लागि एक हप्ताको समय थपिएको छ ।
दरखास्त दस्तुत खुल्लातर्फ एक हजार तोकिएको छ भने यदी कुनै उम्मेद्वारले समावेशीतर्फ भर्न इच्छुक भएमा प्रत्येक समुहको लागि २० प्रतिशत बढी दस्तुर तिर्नुपर्नेछ ।

( क्भभ mयचभ बतस् जततउस्ररधधध।चबतयउबतष्।अयmरलभधकरठछघडद्दर३कतजबकज।त्ध्द्यिहइड।मउगा

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment