दर्शना ढुंगेल । हिन्दु धर्मावलम्बीको धार्मिक ग्रन्थअनुसार भगवान् शिवकी अर्धांगिनी आद्यशक्ति हिमालयपुत्री पार्वतीले शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन् । त्यो दिन हरितालिका तीजको दिन थियो । त्यसैगरी अर्को कथानुसार पार्वतीले शिवलाई औधी मन पराउने तर पार्वतीका बुवालाई भने शिव पटक्कै मन नपर्ने भएकाले उनको विवाह विष्णुसँग गरिदिने निर्णय गरे । सो कुराले पार्वतीको मानमा चोट पर्यो । अन्ततः उनले बुवाको निर्णयविरूद्ध विद्रोह गरिन् । पार्वतीलाई उनका साथीहरुले लुकाएर राखेका थिए, पछि शिवसित भेट भई उनीहरुको विवाह भएको हरितालिका तीजको व्रत कथामा आधारित रहेको पाइन्छ । दिनभरि अन्न, जल केही नखाई निराहर व्रत गरेपछि शिव प्रसन्न भई वरदान दिएको उल्लेख छ । हरितालिका अर्थात् अपहरण गरिएकी महिला पार्वतीलाई साथीहरुले लुकाएर बुवाको घरबाट भगाएर राखे र पछि उनले चाहेको, मन पराएको व्यक्ति शिवसित बिहे गराइदिए भन्ने प्रचलन छ । आफ्नो इच्छानुसारको विवाह भएकोमा उनीलगायत उनका साथीहरुले यो साहसिक कार्य सफल भएकोमा प्रेमको विजयोत्सवका रुपमा मनाए । सो दिन भाद्र शुक्ल तृतीया परेको दिन थियो । तीजको थालनी त्यसै बेलादेखि भएको मानिन्छ ।
तभभव ९ड०तीजलाई मातृसत्तात्मक राज्य अर्थात् महिलाहरुको जनसंख्या बढी र पुरुषको जनसंख्या न्यून रहेको अवस्थादेखि शुभारम्भ भएको पनि केही विश्लेषकको भनाइ रहेको छ । पुरुषको जनसंख्या थोरै भएकाले पुरुषप्रति अगाध प्रेम एवम् माया दर्शाउन र पुरुषको आयु एवम् श्रीवृद्धि कायम गर्न र आफूले मन पराएको पुरुषसँग घरजम बसाउन त्यसबेलाका मातृसत्ता समाजले यो परम्परा थालनी गरेको हुन सक्छ । त्यही संंस्कार नै अहिले तीज–संस्कृतिका रुपमा विकसित भएको हुनुपर्छ । शक्तिको मिलन गराउने पवित्र यो चाडमा पुरुषले समेत व्रत बस्ने विधान छ ।
सामाजिक रुपमा विवाह भएर टाढा गएकी चेलीलाई माइतमा ल्याएर दरका रुपमा मीठो–मसिनो खान र राम्रो लगाउन दिई पराईघरमा भएका अन्याय अत्याचार ज्यादती भण्डाफोर गर्ने संस्कृति बोकेको चाड पनि तीज नै हो । महिलालाई घरको विभिन्न जिम्मेवारी र तनावबाट केही समयलाई भए पनि माइतीसँग समय बिताउने चाडको रुप पनि हो । भाद्र शुक्ल द्वितीयाका दिन दर खाने र पछिल्लो दिन अर्थात् तृतीयामा तीजको व्रत बस्ने, नाचगान गर्ने व्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण–ब्राह्मणीलाई दान–दक्षिणा गर्ने चलन रहेको छ ।
यो चाड विशुद्ध रुपमा हिन्दु धर्मावलम्बी बाहुन, क्षेत्रीको हो भनेर भन्दा कुनै आपत्ति आइपर्दैन किनभने हिन्दु धर्मका अनुयायी बाहुन, क्षेत्रीबाहेकका अन्य जातिका महिलाले यो चाड मनाउने गर्दैनन् । आफ्नो मौलिक संस्कृति नभएर शासकवर्गको प्रभुत्वको फलस्वरुप लादिएको वा उनीहरुको देखासिकी गरेर अन्य जातिका कतिपय महिलाले न्यून संख्यामा अपनाउन थालेका मात्र हुन् । नेपालमा यो चाडलाई बाहुन, क्षेत्री महिलाको विशेष चाड हो भनेर अन्य जातिका महिलाले यसको वास्तै गर्दैनन् । जब कि संस्कृति भनेको देशको सम्पत्ति हो, गहना हो धरोहर हो ।
तभभव ९ज्ञ०राजतीतिले नै सामाजिक, सांस्कृतिक पक्षलाई डोहोर्याइरहेको हुन्छ । निरंकुश पञ्चायती तानाशाही हुँदा महिलाले व्यवस्थाविरूद्धमा संगठित रुपमा तीजको अवसर पारेर वाक्स्वतन्त्रता, संगठन स्वतन्त्रता आदि माग राख्दै मनका पीडा मन्दिर, चोक, गल्ली र डबलीमा पोख्थे । बहुदल आएपछि तीजमा पनि परिवर्तन भयो । हुनेखानेको तीजजस्तो देखियो नयाँ वर्ग देखापर्यो । एकथरी समानताको लडाइँ लड्थे भने अर्को थरी तारे होटलमा महिनौं अघिदेखि तर खाने निहुँमा भोजभतेर र वाइन व्यवस्था गर्ने, मनोरञ्जनको नाममा हिन्दी र अंग्रेजी नृत्य र गानामा रमेर आफ्नो सांस्कृतिक मूल्य–मान्यता पनि बिर्सेको आभास, गहना र लत्ता कपडाको प्रदर्शन यसले त्यो विपन्नवर्ग अर्थात् श्रमजीवी महिलामा कस्तो प्रभाव पार्न सफल रह्यो रु मूल्यांकनको विषय बनेको छ । पितृसत्ताविरूद्ध आवाज उठाउने नै चाडबाडलाई ठीक ढंगले बुझ्न नसकेको, तिनीहरुको रुपान्तरणमा समय नखर्चेको कारणले आज संघीय गणतन्त्र आइसकेको अवस्थामा पनि तीजलाई उही पुरानै ढर्राबाट हेर्ने त्यही अनुकूल व्यवहार गर्ने परिपाटी ज्यूँका त्यूँ रहेको देखिँदै छ ।
संस्कृति परिवर्तन भइरहन्छ । हरेक कालखण्डमा गलत कुरालाई परित्याग गर्दै, असल जो वैज्ञानिक छ, जसले सामाजिक मर्यादा कायम राख्न मद्दत गर्न सक्छ, त्यसलाई अंगीकार गर्ने, अन्धविश्वास कुरीतिबाट टाढा रहने, समाज रुपान्तरण गर्ने सोच विकास गर्नु हाम्रो कर्तव्य हुन आउँछ । तीजको धार्मिक जडलाई तोड्दै वैचारिक संघर्ष र छलफल व्यापक बनाउनुपर्छ । निरन्तर सांस्कृतिक आन्दोलन चलाएर खराब विकृतिजन्य अवस्थालाई हटाई समाजलाई प्रगतिशील बाटोमा अघि बढाउन जरूरी भइसकेको छ ।
तीज संघीय गणतन्त्र नेपालको एक प्रमुख चाड बन्नुपर्छ किनभने यस चाडमा रहेको सकारात्मक पक्ष भनेको प्रेमको महत्व र त्यसप्रतिको समर्पणको पाटो नै हो । अर्को पाटो महत्व र त्यसप्रतिको समर्पण हो । अर्को पाटो सृष्टिको निरन्तरताको अर्थमा पनि लिन सकिन्छ । माइतीले मीठो ख्वाएर क्यालोरी बढ्ने हुँदा एक दिन निराहार बस्नु शरीरलाई फाइदा नै गर्छ । मनको चंञ्चतला एकाग्रताले हटाउन मद्दत गर्छ । पानी पनि पिउन नहुने ९श्रीमान्को रगत खाएसरी हुने¬०, खुट्टा धोएरमात्र पानी पिउने, भोक लागेमा केही खानै नहुने ९कीरा खाएको हुने० जस्ता अन्धविश्वासी बकबास, ब्राह्मणवादी समाजले लादेको मान्यता तोड्दै, धार्मिक अन्धविश्वास र जडलाई समाजले लादेको मान्यता तोड्दै, धार्मिक अन्धविश्वास र जडलाई उखेल्दै हिमाल, पहाड र तराईका सम्पूर्ण महिलाले अब यस चाडलाई प्रम उत्सव वा प्रेमदिवसका रुपमा मनाउन सुरू गर्नुपर्छ, जसमा नयाँ सांस्कृतिक मूल्य–मान्यता विकास गर्दै लैजानुपर्छ । यसका लागि व्यापक रुपमा सांस्कृतिक चिन्तकको राय–सल्लाह सुझाव लिँदै बदलिएको परिस्थिति र आगामी दिनमा तय गरिने कार्यक्रमको बाटो सजिलो र फराकिलो पार्ने अभिभारा हामी संगठित महिलाले लिनैपर्छ ।
विदेशीको ‘भ्यालेनटाइन डे’लाई त हाम्रा युवकयुवतीले जानेर होस् या अन्जानमै स्वीकार गर्न थालेको देखिएको छ भने पौराणिककालदेखि चलिआएको संस्कृति भलै एक जातिविशेषको थियो, यस कालदेखि चलिआएको संस्कृति भलै एक जातिविशेषको थियो, यसका राम्रा पक्षलाई सामाजिक रुपान्तरणको प्रक्रियामा लागू गराई सम्पूर्ण जातजातिले यो हाम्रो पनि प्रेम र समर्पणको चाड हो भन्ने भावना विकास गराउनु पनि महिला तथा सांस्कृतिककर्मीको दायित्व हो ।
सामूहिक रुपमा भेला हुने, मानवीय मूल्य–मान्यता स्थपित गर्नमा जोड दिने, समूहमै त्यस दिन खानपान गर्ने, विकासवादी प्रकारको हास्यव्यंग्यजस्तो गरी नकारात्मक पक्षमा प्रहार गर्ने, विकासवादी, प्रगतिवादी सोच, जसले व्यक्ति र समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्छ, त्यसलाई प्रोत्साहन गर्ने खालका सिर्जना प्रस्तुत गर्नुपर्छ । हुँदाखाने के तीज मनाउन रु त्यसैले हुनेखानेको तीजबाट हुँदाखानेसम्मको तीजमा बदल्न तीजलाई सबै जात–जाति, जनजाति, मधेसी तिनै क्लस्टरले हिमाल, पहाड र तराईमा मनाउन सक्ने सांस्कृतिक चाडका रुपमा विकास गर्नु वैकल्पिक विचार बोकेर सक्रिय रहेका महिला कार्यकर्ताको साथै सांस्कृतिककर्मीको काँधमा जिम्मेवारी बाँडेर गएको छ । नेपाली समाजको आजको आवश्यकता पनि यही हो । रोतोपाटी
No comments:
Post a Comment