/ , , , , / स्थानीय निकाय पुनर्संरचनाबारे प्रधानमन्त्री दाहाल र आयोग अध्यक्ष पौडेलबीच छलफल

स्थानीय निकाय पुनर्संरचनाबारे प्रधानमन्त्री दाहाल र आयोग अध्यक्ष पौडेलबीच छलफल

भाद्र १५ । स्थानीय तह पुनर्संरचना सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज स्थानीय निकाय पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलसंग छलफल गर्नुभएको छ । आयोगले प्रस्ताव गरेको स्थानीय तह निर्धारण सम्बन्धमा दलहरुबीच बिवाद भएपछि प्रधानमन्त्री दाहालले आयोग अध्यक्ष पौडलसंग छलफल गर्नुभएको हो । बालुवाटारस्थित  प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलपलमा स्थानीय तह निर्धारण सम्बन्धी  आयोगको प्रस्ताव परिमार्जन सम्बन्धमा छलफल भएको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ । छलफलका क्रममा आयोगका अध्यक्ष पौडेलले दलीय सहमतिका आधारमा अघि बढ्ने भन्दै संख्यामा तलमाथी हुन सक्ने बताउनुभएको श्रोतको दावी छ ।  यसअघि आयोगले प्रस्ताव गरेको स्थानीय निकायको संख्या ५ सय ६५ प्रति आपत्ति जनाउँदै  सरकारको प्रमुख घटक नेपाली कंग्रेसले स्थानीय निकाय १ हजार भन्दा बढी बनाउनुपर्ने बताएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने आयोगले निर्धारण गरेको संख्यालाई नै आधार मानेर निर्वाचनमा जानुपर्ने बताएको छ । यस्तै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रदेश सिमाङ्कनको बिवाद नमिलाएसम्म  स्थानीय निकाय पुनर्संरचनालाई स्वीकार्न नसक्ने धारणा राखेको छ । रेडियो कान्तिपुर

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment