/ , , , / वर्षमा १० हजार १३ दुर्घटना, दुई हजार ६ को मृत्यु, १२ हजार घाइते

वर्षमा १० हजार १३ दुर्घटना, दुई हजार ६ को मृत्यु, १२ हजार घाइते

काठमाडौं, ३२ साउन । सवारी दुर्घटनामा औसतमा दैनिक करिब ६ जनाको मृत्यु हुने गरेको छ । गत आर्थिक वर्षमा दुई हजार ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको प्रहरी तथ्यांक छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार १ साउन ०७२ देखि ३१ असार ०७३ सम्ममा देशभर १० हजार १३ दुर्घटना भएकोमा चार हजार आठ सय ८२ जना गम्भीर घाइते तथा आठ हजार दुई सय २६ सामान्य घाइते भएका छन् । आव ०७१र७२ मा पनि दुई हजार दुईजनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए ।

गत वर्ष मध्यमाञ्चल क्षेत्रमा दुर्घटनामा सबैभन्दा धेरैको ज्यान गएको छ । मध्यमाञ्चलमा ६ सय ९१, पश्चिमाञ्चलमा पााच सय २०, पूर्वाञ्चलमा चार सय ४६, मध्यपश्चिममा दुई सय २८ तथा सुदूरपश्चिममा एक सय २१ जनाको मृत्यु भएको छ । उपत्यकामा मात्र एक सय ६६ जनाको मृत्यु भएको तथ्यांक छ । प्रहरीका अनुसार गत वर्ष १० हजार १३ दुर्घटना भएका छन् । ६ हजा
र तीन सय ६५ मोटरसाइकल, चार हजार पााच सय २८ काररजीपरभ्यान, एक हजार नौ सय ७० बस, एक हजार नौ सय २१ ट्रकरट्यांकर, ६ सय ९० ट्याक्टर, दुई सय टेम्पो दुर्घटनामा परेका हुन् ।

७० प्रतिशत घटनामा चालकको लापरबाही


प्रहरी प्रधान कार्यालयले ७० प्रतिशतभन्दा धेरै दुर्घटना चालकको लापरबाहीले हुने गरेको विश्लेषण गरेको छ । गत वर्षका १० हजार १३ दुर्घटनामध्ये सात हजार चार सय ३२ घटना चालकको लापरबाहीले भएको प्रहरीले जनाएको छ । एक हजार दुई सय ७३ तीव्र गति, तीन सय २१ मादक पदार्थ सेवन, तीन सय ८१ यात्रुको गल्ती, दुुई सय २६ ओभरटेक, दुई सय ४५ यान्त्रिक गडबडी, ५३ ओभरलोड, ३४ सडकको अवस्था, ३४ चौपाया र १४ दुर्घटना मौसमको कारण भएको तथ्यांक छ ।

दिउँसो धेरै दुर्घटना


धेरैजसो दुर्घटना दिउासो १२ देखि साँझ ६ बजेको समयमा भएका छन् । गत वर्ष चार हजार दुई सय ३१ दुर्घटना १२ देखि ६ बजेको बीचमा भएका छन् । ६ देखि राति १२ बजेको समयमा दुई हजार ६ सय ५९, बिहान ६ देखि १२ बजेको बीचमा दुई हजार ६ सय ५० र राति १२ देखि बिहान ६ बजेको अवधिमा चार सय ७३ दुर्घटना भएको प्रहरीको तथ्यांक छ । नयाँपत्रिकाबाट

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment