/ , , / ‘दुर्घटना कम गर्न कडा कानुन बनाउन माग’

‘दुर्घटना कम गर्न कडा कानुन बनाउन माग’

काठमाडौं, ३२ साउन । सडक दुर्घटना कम गर्न सवारी चालकको लाइसेन्स खारेजसम्मको कानुन बनाउनमहानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआईजी प्रकाश अर्यालले सांसदसमक्ष माग गरेका छन् ।

व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिमा सोमबार ट्राफिक व्यवस्थापनसम्बन्धी छलफलमा डिआइजी अर्यालले कानुन फितलो हुँदा चालकको लापरबाहीका कारण नेपालमा ज्यान गुमाउनेको संख्या डरलाग्दो रहेको तथ्यांक पेस गरेका छन् । उनले भने, ‘धेरै दुर्घटना सवारी चालकको लापरबाही कारण हुने गरेको अध्यक्षले देखाएको छ ।’

कसुर मापदण्ड बनाएर चालकलाई कारबाही गर्नु पर्नेमा उनले जोड दिएका छन् । ‘चालकले गरेको निश्चित नियम उल्लघंनको आधारमा कानुन बनाएर लाइसेन्स खारेज गर्नुपर्छ,’ उनले भने । गल्ती गरे पनि थोरै सजायँमा उम्कने भएकाले सवारी चालक गैरजिम्मेवार बनेकाले सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु परेको छ ।

उनले सांसदहरुलाई कडाभन्दा कडा कानुन बनाउन आग्रह गर्दै हरेक वर्ष २ हजारदेखि २ हजार ५ सयसम्मले ज्यान गुमाइरहेको तथ्यांक प्रस्तुत गरे । नागरिक दैनिकमा खबर छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment