/ , , , , / सिंघानिया हत्याको मुख्य आरोपी यादव जलेश्वर जेल चलान

सिंघानिया हत्याको मुख्य आरोपी यादव जलेश्वर जेल चलान

जनकपुरधाम, १ भदौ । सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्याको आरोपीहरु मध्ये मुख्य मानिएको रामबिनोद यादवलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकोछ ।अदालतका ५ नम्बर इजलासका न्यायधिश डा।राजेन्द्रकुमार आचार्यले यादवलाई पूपक्र्षका लागि जलेश्वर कारागारमा पठाउने आदेश दिएको अदालतले जनाएकोछ ।

उनी बिहान ११ बजे स्वयं जिल्ला अदालत धनुषामा हाजिर भएका थिए ।प्रहरीको सर्बाधिक खोजी सुचीमा रहेका यादव झण्डै २७ महिनादेखि फरार थिए । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीका निवर्तमान केन्द्रिय सदस्य समेत रहेका यादव दिउसो १ बजे जिल्ला अदालतमा हाजिर भएको उनका कानून व्यवसायी चन्द्र प्रसाद मैनालीले जनाएका छन ।

यादवले अदालतमा दिएको वयानमा आफु हत्या भएको दिन घरमै रहेको वयान दिएको बताइएकोछ । हत्यामा आफनो संलग्नता अस्विकारगर्दै आएका यादवसित संक्षिप्त वयान लिइएको बुझिएकोछ । हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका र धरौटीमा रहेकाहरु मध्ये कसैलाई नचिनेको जनाउदै उनले सञ्जय साह एकजनालाई मात्र चिनेको वयान अदालतमा दिएका छन ।

‘मलाई फसाइएको छ’ यादवले सञ्चारकर्मीहरुलाई भने–बाहिर आफूलाई असुरक्षित महसुसगरि अदालतमा हाजिर भएको छु । अधिवक्ता चन्द्र मैनालीको सहयो

स्रोतहरुका अनुसार उनका भाई ललित यादवले सहयोगी भूमिका निर्वाह गरेका थिए । आफनै सहकर्मी चन्द्रदिप यादवलाई समेत चिन्न अस्विकार गरेका यादवले योगेन्द्र सहनी, मनक लामाहरु बारे अनभिज्ञता जनाएका छन ।तर हत्या अभियोगमा पक्राउ परेका सबैले यादवलाई नै हत्याको मुख्य योजनाकार रहेको वयान दिएका छन ।

यादवको विपक्षमा जिल्ला सरकारी न्यायधिवक्ता टेकबहादुर कार्की र वादी राहुल सिंघानियाको तर्फबाट अधिवक्ता हेमबहादुर कार्कीले वहस गरेका थिए ।यादवको पक्षमा अधिवक्ताहरु राजन दाहाल, चन्द्र मैनाली लगायत तीन जनाले वहस गरेका थिए ।तर यादवले आफनो पक्षमा वहस गर्न करिब १० जना वकिलहरुसित सम्पर्क गरेका र वहस गर्नेहरुको फी समेत पहिले नै जम्मा गरिसकेको स्रोतले जनाए ।

स्रोतका अनुसार बिहानै वकिलहरुलाई वहसका लागि तयार रहन जानकारी दिइएको थियो । २०६६ साल फागुन १७ गते होलीको साूझ सञ्चार उद्यमी सिंघानियाको शिवचोकमा गोली हानी हत्या गरिएको थियो ।उक्त हत्या अभियोगमा पक्राउ परेका चन्द्रदिप यादव, मनक लामा, राम एकवला भन्ने योगेन्द्र सहनी पुर्पक्षका लागि थुनामा छन ।मुकेश चौधरी, ओमप्रकाश यादव र रामकरण यादवलाई जनही क्रमशः२० रुपैया, २लाख र ५० हजार धरौटी अदालतले लिएकोछ । सदभावना पार्टीका निलम्बित सांसद सञ्जय साहले जेठमै अदालतमा हाजिर भएपनि वयान दिएका छैनन ।उनको वयान हुन बाँकी छ । जनकपुर टुडे
गमा अदालतमा हाजिर भएका यादवको निवेदन लगायतका कागजातहरु १० बजे अगावै तयार भइसकेको थियो ।स्रोतहरुका अनुसार उनी सीमावर्ती गाउ“बाट सोझै अधिवक्ता मैनालीको सम्पर्कमा आएका थिए । पहिले देखि नै सबै कागजातहरु तयार रहेकाले उनी आउने वितिकै अदालतमा उपस्थित गराइएको थियो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment