काठमाडौं, १ भदौ । प्रतिनिधि संख्या विवाद देखिपछि लामो समय उद्घाटन सत्रमै सिमित बनेको नेविसंघको ११ औं महाधिवेशनको निर्वाचन प्रक्रिया बुधबार बिहानबाट शुरु भएको छ । ९ वर्षपछि आयोजित नेविसंघको महाधिवेशन कांग्रेस सभापति शेरबहादुर देउवाले यही साउन २३ गते भृकुटीमण्डपमा उदघाटन गरेका थिए ।
प्रतिनिधि संख्यामा सहमति जुटेपछि आजबाट पार्टी मुख्यालय सानेपामा निर्वाचन हुँदैछ । महाधिवेशनलाई नीति बनाउने थलोका रुपमा लिने गरिए पनि नेविसंघमा भने नीतिका लागि वहस गर्न बन्द सत्र नै नगरी बुधबार मतदान गरिने भएको हो ।
निर्वाचनका लागि मतदाताबाट चुनिने १ सय २९ पदका लागि ६ सय ८५ जनाको उमेदवारी परेको छ । कुल १ सय ५१ सदस्यीय कार्यसमितिमध्ये १ सय २९ जना मतदानबाट र बाँकी मनोनित हुनेछन् ।
अध्यक्षमा आठजनाले उम्मेदवारी दिएपनि पदमराज पन्तले अध्यक्ष पदबाट फिर्ता लिएपछि महाधिवेशनमा सातजना चुनाव लड्ने भएका छन्, जसमा मनोजमणि आचार्य, नैनसिंह महर, शुभराम बस्नेत, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य, नगेन्द्रसिंह ठकुरी र वचन कार्की रहेका छन्।
त्यसैगरी, महामन्त्रीमा ६ जनाले उम्मेदवारी दिएपनि राजेश ज्ञवालीले उम्मेदवारी फिर्ता लिएपछि पाँचजना चुनाव लड्ने हुनुभएको छ जसमा हिमालदत्त श्रेष्ठ, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई र शङ्कर पौडेल रहेका छन् ।
कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिएका छन् ।
मधेसी सहमहामन्त्रीमा परमेश्वर शाह निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन समिति केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारी दर्ताका लागि मंगलबार अपरान्ह १२ बजेसम्मको समय दिएको थियो ।
प्रतिनिधि छनोटको विवाद्का कारण महाधिवेशनको उद्घाटन भएको ९ औं दिनमा बल्ल उम्मेद्वारी दर्ता सम्भव भएको थियो ।
निर्वाचन समितिका संयोजक खरेलले धेरै मतदाताले भोट दिने पद र क्षेत्रमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गराइने बताए । मतदानमा ४० वटा विद्युतीय मेसिन प्रयोग हुनेछन् । मतदान सकिएसँगै मतगणना शुरु हुने बताइएको छ ।
मतदानबाट एक सभापति, ११ उपसभापति, २ महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य चयन हुने छन् ।

No comments:
Post a Comment