चितवन, १ भाद्र ।( भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु १ ख ९३६१ नंको बस र काठमाडौँबाट धरान जान आउँदै गरेको ना ४ ख ४५१६ नंको बस मङ्गलबार साँझ पृथ्वी राजमार्गको फिस्लिङमा एकआपसमा ठोक्ँिकदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । तीमध्ये दुईको सनाखत भएको छ ।सनाखत हुनेमा जुगुम गाविस–८ गुल्मीकी २२ वर्षीया मञ्जु गौतम र उनका १० महिनाका छोरा संयोग गौतम रहेका छन् ।
अन्य दुईको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए। उनका अनुसार सनाखत भएका आमाछोराको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । अन्य दुईको उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा गजुरीमा मृत्यु भएको प्रहरीले जनाएको छ । ती दुवै पुरुष हुन् ।
दुर्घटनाका घाइतेमध्ये १८ जनाको चितवन मेडिकल कलेजमा र एकजनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । नौजना घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको श्रेष्ठले बताए ।
साँझपख पानी परिरहेको समयमा दुवै गाडी तीव्रगतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । रासस

No comments:
Post a Comment