/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


राजा सलहेस कथामा बन्दै छ फिल्म,बजेट ३ करोड

Posted: 15 Aug 2016 08:56 PM PDT


१५ सय बर्ष पुरानो राजा सलहेसको  कथामा आधारित  फिल्मको बजेट ३ करोड

१५ सय वर्ष अघिको ऐतिहासिक कथा माथि फिल्म बन्ने भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमकाविच मिथिलाका राजा सलहेसको गाथामाथि 'सलहेसः द पिपुल्स हिरो' नामक आवधिक फिल्म निर्माण गर्ने घोषणा भएको हो ।भोर कम्पनीप्रा.लिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुर भाव भएको व्यक्तित्व मानिन्छन् । उनलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवानका रुपमा पुजा गर्ने गर्छ । 'लामो समयको रिसर्च पछि हामी फिल्म बनाउने निष्कर्षमा पुगेका हौं,' फिल्मका निर्माता समेत रहेका रिसर्चर राजकुमार महतोले बताए ।फिल्मलाई अमितेश साहले निर्देशन गर्ने भएका छन । उनको यो पहिलो फिचर फिल्म हुनेछ । भारतको दिल्लीस्थित एशियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजनबाट फिल्म मेकिङ पढेका अमितेश सन् २००० देखि अडियो–भिज्युअल मिडियामा कार्यरत छन् । करिब तीन करोड अनुमानित बजेट राखिएको यो फिल्मको छायांकन धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरड., झापा, चितवन र भारतका स्थानहरु हुने निर्माता महतोले जानकारी दिए । 'हामीकरिब ६ महिना प्रि–प्रडक्सनमा व्यस्त हुनेछौं,' निर्देशक शाहले भने, 'त्यसपछि मात्र फिल्मको सुटिङ थाल्नेछौं । एकवर्ष भित्रमा फिल्म रिलिज गरिसक्ने योजना छ ।' यो फिल्मलाई अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा सहभागी गराउने उद्धेश्य रहेको उनले बताए ।    मिथिला क्षेत्रमा निकै लोकप्रिय पात्र हुन् राजा सहलेस । 'उनको वास्तविक नाम भने राजा जयवर्धन सैलेश रहेको थियो,' सलहेसबारे रिसर्च गरिरहेका निर्माता महतोले भने, ' यिनीकुनै दन्त्य कथाका पात्र होइनन्,न त पुराणका यशस्वी राजर्षि नै हुन्। उनी त्यतिबेला राजाभएता पनि लोक कल्याणमा सक्रिय थिए जसकारण उनी जनताका प्रिय पात्र बनेको बताइन्छ । निर्देशक शाहले यस्तो ऐतिहासिक कथामाथि फिल्म बनाउने जिम्मेवारी पाउनु आफैमा चुनौतीपुर्ण रहेको बताए । 'फिल्मको कास्टिंड, कसट्यूम, गहना, श्रृंगार, सेट, लोकेसन, संगित हरेक पक्षमा विस्तृतमा काम गर्नु र कथालाई न्याय गर्नु आफैमा चुनौतिपूर्ण रहेको छ,' उनले भने, 'कुनै पक्षमा कमी रहन नदिने गरि काम गर्ने प्रयास गर्नेछु । आशा छ यो फिल्मबाट नेपाली फिल्म क्षेत्रले थप स्तरीयता महसुस गर्नेछ । 'यो फिल्ममा सलहेस, रेशमा, कुसमा, दौना, करिकन्हा, मोतीराम, बुधेसर लगायत ऐतिहासिक पात्रहरुमात्र हुनेछन् । नेपाल र भारतका बिभ्न्नि क्षेत्रमा गरीने अडीसनबाट कलाकारको चयन गरीने निर्माण पक्षले जानकारी गराए ।यो फिल्ममा कथा डा. राजेन्द्र विमल, संवाद महेन्द्र मलगिंया र पटकथा निर्देशक शाहकै रहनेछ । त्यसैगरी फिल्ममा सुनिल–प्रवेशको संगीत, डा. विमल, अशोक दत्त र इश्वर दाहालको गीत रहने कार्यक्रममा जानकारी दिइयो । ऐतिहासिक फिल्म भएकाले भिएफएक्सको पनि प्रयोग गरिने निर्देशक शाहले बताए । भिएफएक्स सुपरभाइजर र स्टोरी बोर्डमा अनुपम शाह रहेका छन् ।            साभार :news24nepal

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment