सिरहा भाद्र ११, । माओवादी केन्द्र सिरहाले अपहरण तथा शरीर बन्धक मुद्दाबाट पूर्वमन्त्री विश्वनाथ साहलगायतका नेतालाई जोगाउन शुक्रवार लहानमा बिरोध प्रदर्शन गरेको छ ।
लहानस्थित पशुपति आदर्श उच्च माविको प्रांगणबाट निकालिएको जुलुस ग्रामिण चौकस्थित जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय पुगेको थियो । कार्यालय प्रवेश गर्ने क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केहिबेर घम्साघम्सी समेत भयो । सुरक्षाकर्मीलाई धक्का दिदै कार्यालय पसेका प्रदर्शनकारीहरुले कोणसभा गरे ।
कोणसभालाई सम्बोधन गर्दै पूर्व समान्य प्रशासन मन्त्री तथा माओवादी केन्द्रका सचिवालय सदस्य रामकुमार यादबले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका इन्जिनियर देबनन्दन मण्डलले षड्यन्त्र पूर्वक आफ्ना नेता तथा कार्यकर्तामाथि झुठा मुद्दा दर्ता गराएको आरोप लगाए ।
उनले भने, ुइन्जिनियर मण्डलले पहिले श्रवण यादबको अध्यक्षतामा उपभोक्ता समिति बनाएर काम गरायो तर निकासा चाही अर्कै उपभोक्ता समितिलाई दिए । त्यो कुरा थाहा पाएपछि पूर्वमन्त्री विश्वनाथ साहले छलफल गर्न मात्र बोलाएको तर बन्धक बनाई कागज गराएको भन्ने झुठो हल्ला फिजाएर उनीहरु विरुद्ध मुद्दा दर्ता गराएका छन् ।
यस्तै माओवादी केन्द्रका जिल्ला इन्चार्ज हरिनारायण चौधीले निर्दोष आफ्ना नेताहरुलाई अपहरण तथा शरिर बन्धक मुद्दामा फसाउन लागेकोले प्रदर्शन गरेको बताए । उनले सक्कली उपभोक्ता समितिलाई निकासा नदिएपछि इन्जिनियर मण्डलसंग छलफल भएपनि उनलाई बन्धक बनाई कागज गराएको कुरा सुनेपछि आश्चर्य लागेको बताए ।
सयौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले झुठा मुद्दा खारेज गर, सक्कली उपभोक्ता समितिलाई भुक्तानी देऊ, भ्रष्ट इन्जिनियरलाई कारबाही गर लगायतका नारा लगाएका थिए । प्रर्दशनमा अपहरण तथा शरिर बन्धक मुद्दा लागेका माओवादी नेताहरु उपस्थित थिएनन् ।
शनिवार गोलबजार नपा ४ स्थित आफ्नै घरमा पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता विश्वनाथ साहकै योजनामा इन्जिनियर मण्डललाई हतियार देखाएर दिनभर बन्धक बनाई ५ लाखको कागज गराएका थिए । पूर्वमन्त्री साहलगायत १० जना माओवादी केन्द्रका नेता विरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा अपहरण तथा शरिर बन्धक मुद्दा दर्ता भएको छ ।
जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन नम्बर ४ लहानमा सदरमुकाम बचाउ कार्यक्रम अन्तर्गत ५० लाखको लागतमा सिरहा नगरपालिकास्थित मैनाबत्ती नदी नियन्त्रण योजना संचालन गर्न जबर्जस्ति कानून बिपरित माओवादी केन्द्रका नेताहरुले मिर्चैया १ का श्रवण यादव र हकपाडा गाबिसका रामकुमार यादवको अध्यक्षतामा दुई वटा उपभोक्ता समिति गठन गरेको कार्यालय स्रोतले जनाएको छ । राजनीतिक दलका नेतालाई उपभोक्ता समितिमा बस्न नमिल्ने कानूनी ब्यबस्था समेत रहेको छ ।
कार्यालयले कानून बिपरित गठित उपभोक्ता समितिमार्फत काम नगराई सिरहा सदरमुकामका बासिन्दाको उपस्थितिमा गठित उपभोक्ता समितिलाई काम सम्पन्न भएपछि निकासा दिदा माओवादी केन्द्रका नेताहरुले कमिशन रकमका लागि कार्यालयमा दवाव दिदै आएको कार्यालय स्रोतले जनाएको छ । कमिशन रकम नपाएको आक्रोशमा इन्जिनियर मण्डललाई बोलाई बन्धक बनाएर कागज गराएको पिडितले बताएको छ ।
घटनाको एक साता वित्न लाग्दा पनि प्रहरीले अहिलेसम्म कुनै आरोपीतलाई पक्राउ गर्न सकेका छैन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले घटनाबारे अनुसन्धान जारी रहेको र आरोपितहरु फरार भएकाले पक्राउ पर्न नसकेको बताए ।
No comments:
Post a Comment