Onlinesiraha-Nepali |
बकरी ठेक्कामा मनोपोली, लहान नगरपालिकाको स्टल बिक्दै Posted: 27 Aug 2016 10:39 AM PDT दिनेश्वर गुप्ता लहान, ११ भाद्र । बकरी बजार ठेक्कामा निर्धारित भन्दा बढी रकम असुली गरेको नेपाल कम्युनिष्ट पार्टी संयुक्तका लहान प्रतिनिधि योगेन्द्र पासमान बताउंछन् । उनका अनुसार बकरी किनबेच वापत ५० र ५० रुपैयां लिनुपर्ने लहान नगरपालिकाले निर्धारन गरेको हो । तर, बकरी बजार ठेक्क लिएका उपेन्द्र साहले मनोपोली रकम असुली गरिरहेको छ । नेपाल सद्भावना पार्टीका लहान प्रतिनिधि मोहम्द आशिकले ठेकेदारहरुले बाहिरी विल र कार्वन पेपरमा अनैक थरि मिलाएर बील काट्ने गरेको छ । खसी बाख्र किन्ने बाट ५० रुपैयां र बेच्ने बाट ५० रुपैयां लिनु पर्ने भएपनि २०७३ साउन २८ गतेको विलमा १ सय ६५ र २०७३ साउन २९ गतेको बीलमा २ सय रुपैयां लिएको छ । सो विल आज लहान नगरपालिकामा सार्वजनिक गरिएको छ । यसबारे लहान नगरपालिका निम्ति कार्यालय प्रमुख शत्रुधन चौधरीले यथाशिघ्र कारवाहीको दायरामा ल्याउंने प्रतिबद्धता जनाएको छ । उता, ठेकेदार उपेन्द्र साहसंग सम्पर्क गर्दा उनले भने हाम्रो विलमा त्यस्तो केही छैन् । यहांका नेताहरु हामीलाई फसाउंने षड्यन्त्र गरिरहेको दावी गर्छन् । यसैबीच,लहान ५ स्थित नयां बजारमा रहेको नगरपालिकाको स्टल मनोपोली किसिमले विक्री तथा भाडा लाग्दै आएको छ । अधिकारी महतोले नगरपालिको स्टलमा पसल गर्दै आएका थिए । महतो अशक्त भएपछि सो स्टल अरुलाई आठ लाखमा विक्री गरेको खुलासा भएको छ । नगरपालिकाको स्टल व्यक्ति विशेषले विक्री गर्दै आएपछि शान्ति समिति लहानले चासो लिएको छ । शान्ति समितिका अध्यक्ष रामअशिष महतोले नयां बजारमा रहेको नगरपालिकाको स्टल कुनै व्यक्ति विशेषले बिक्री गर्नु कद्दापी ठीक होइन् । यहां राजनीतिक दलका प्रतिनिधिहरु मिलेर यस्ता गैरजिम्मेवारी कार्यलाई रोक्न लहान नगरपालिकालाई दवाव दिएको छु । सो स्टलको लागि विवाद बढेपछि नगरपालिकाले तालाबन्दी गरी संरक्षण गरिएको थियो । तर दूई दिन अगाडि नगरपालिकाका कर्मचारीले सो स्टलको ताला खोल्न लगाएको छ । उता, लहान ५ माछा बजारमा प्रथमलाल साहले मनोपोली किसिमले घर निर्माण कार्य गर्न लागेको छ । यसलाई रोक्न पनि शान्ति समितिले निर्णय गरेको छ । यसबारे लहान नगरपालिकाका निम्ति प्रमुख शत्रुधन चौधरीले गैरजिम्मेवारी किसिमले निर्माण गरिरहेको घर रोक्न नगर प्रहरी खटाइएको छ । |
You are subscribed to email updates from OnlineSiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment