/ , , , , , / जनताले तिरोबाट बाँचेका हामीले जनताप्रति वफादार भएर काम गर्नुपर्छ : महानिरिक्षक राई (फोटोफिचर)

जनताले तिरोबाट बाँचेका हामीले जनताप्रति वफादार भएर काम गर्नुपर्छ : महानिरिक्षक राई (फोटोफिचर)

समग्र संदेश डट. कम. सिरहा, २७ साउन ।सशस्त्र प्रहरी वलका महानिरिक्षक दुर्जकुमार राइले जनताले तिरेको एक एक पैसा करबाट गुजारा चलाईरहेको भन्ने कुरालाई ध्यानमा राखेर जनताप्रति वफादार भएर काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय सिरहाको सनहैठामा नवनिर्मित व्यारेक, कार्यालय तथा क्वाटरगार्ड भवन उद्घाटनका क्रममा महानिरिक्षक राईले हामी जनताले तिरेको सानो सानो करको रकमबाट तलव सुविधा लिइरहेका छौं, त्यसैले हामीले प्रवाह गर्ने सेवा सुविधा जनताले सहजढंगले पाउने वातावरण वनाईराख्न निर्देशन दिनुभएको हो ।स्थापना कालदेखि नै  सदरमुकाम नजिकै रहेका शिवशंकर राइस मिलमा बस्दै आएका सशस्त्र प्रहरीले १० वर्ष पछि आफ्नो भवन पाएको प्रति खुसि व्यक्त गर्दै अवको दिनमा यहाँबाट प्रवाह हुने सेवाहरु झन चुस्त दुरुस्त र प्रभाव कारी हुनेमा महानिरिक्षक राइले विश्वास व्यक्त गर्नुभयो । उहाँले मिलका गोदामहरुमा वस्दै आएका हामीले सुविधा सम्पन्न भवन पाएका छौं, यसले अवस्य पनि काम गर्न सहज हुने वताउनु भयो ।सोही क्रममा पूर्व सशस्त्र वाहिनी प्रमुख नायम महानिरिक्षक सुरज कुमार श्रेष्ठले धेरै सरकारले विस्तारै सशस्त्र प्रहरीलाई भवन दिईरहेको छ ।  यसले हामीलाई काम गर्न थप सहयोग भएको बताउनु भयो ।

ब्राइटवुल÷आशिर्वाद÷स्वामीनारायण जेवी त्रियुगा उदयपुरको निर्माण कम्पनीले वनाएको दुई करोड ४२ लाख रुपैयाँको लागतमा कार्यालय, क्वाटरगाड तथा जमान व्यारेक भवन निर्माण भएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रमुख सुवर्ण थापा मगरले जानकारी दिनुभयो । गेट निर्माण र वाटो निर्माणका लागि थप बजेट आएको वताउनु भयो ।

























about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment