धरान, २८ साउन । राष्ट्रिय अनुशन्धान विभागका पुर्व क्षेत्रिय प्रमुख एवं डिआईजी महेन्द्र भट्टराई सहितका सुरक्षा अधिकृतहरुले मातहतका कर्मचारीलाई भौतिक यातना दिने गरेको खुलासा भएको छ । डिआईजी सहित निरीक्षक डिल्ली भट्टराई र तुलसी कट्टेल समेतले क्षेत्रिय कार्यालय मातहत रहेका कर्मचारीलाई विभिन्न वहानामा शारिरीक यातना दिने गरेको प्रमाण ब्लाष्टले फेला पारेको छ ।
कार्यालय क्वाटर भित्र लामो समयदेखि संचालित मेस समेत वन्द गराईदिएको मातहतका कर्मचारीले वताएका छन् । उनिहरुले अश्लिल शव्द प्रयोग गरी गाली गलौज गर्ने र प्रतिवाद गर्दा शारीरीक यातना दिने गरेको गुनासो गरेका छन् ।
कार्यालयको नियमित काम वाहेक व्यक्तिगत काम लगाउने र त्यसो नगर्दा आफुहरुलाई सजाय भन्दै तथानाम गाली गर्दै टायर वोकाएर यातना दिने गरेको पिडित एक कर्मचारीले वताएका छन् । उनले निरीक्षक भट्टराइ र कट्टेलले त झन वढि दुख दिने गरेको सुनाए ।
भौतिक तथा शारीरीक यातना दिएर मानवअधिकारको धज्जी उडाईएको वताउँदै पीडित कर्मचारीहरुले आफुहरुलाई न्याय दिलाई दिन आग्रह समेत गरेका छन् । उनिहरुले गल्ती भएको भए विभागिय कार्वाही गरेर देखाउन चुनौति दिदै भने ‘ हाम्रो गल्ती भएको भए विभागिय कारवाहि गरे हु्रन्छ तर पशुलाई जसरी व्यवहार गर्न पाईन्न· ।
मातहतका कर्मचारीलाई शारीरीक यातना दिईएको र अश्लिल शव्द प्रयोग गरेको विषयमा निरीक्षक भट्टराई सँग जिज्ञासा राख्दा उनले ड्युटीको समयमा गल्ती गर्नेलाई सोधपुछ गरेको यातना भने नदिईएको दावी गरेका छन् । उनले मेस वन्द गराएर होटेलमा खान वाध्य वनाईएको विषयमा भने आफुलाई केहि पनि थाहा नभएको वताएका छन् ।
अर्का निरीक्षक कट्टेलले आफुलाई केहिपनि थाहा नभएको वताउँदै फोन काटिदिएका छन् । उनले सोधिएको प्रश्नको जवाफ समेत नदिईकन फोन काटेका हुन् । यातना दिईएको विषयमा वुझ्न डिआईजी भट्टराईको मोवाईल र कार्यालयको फोनमा पटक पटक कल गरेपनि उनले रिसिभ गरेनन् । निरीक्षक भट्टराईलाई सम्पर्क गराईदिन आग्रह गर्दा समेत उनि सम्पर्कमा आउन चाहेनन् । बलाष्ट
No comments:
Post a Comment