/ , , , / बढ्दो भ्रुण हत्या रोक्न भारतमा बिहीबार छोरी दिवस मनाईँदै

बढ्दो भ्रुण हत्या रोक्न भारतमा बिहीबार छोरी दिवस मनाईँदै

साउन २७ – बढ्दो भ्रुण हत्या रोक्न भारतमा बिहीबार छोरी दिवस मनाईँदैछ । भारतका महिला तथा बाल विकास मन्त्री मेनका गान्धीको नेतृत्वमा छोरी बचाउ अभियान अन्तर्गत छोरी दिवस तथा सप्ताह मनाउन लागिएको बिबिसीले जनाएको छ । लिंग परीक्षण गरी छोरी भए भ्रुण हत्या गर्ने क्रम घटाउन, देशको लैंगिक अनुपात सन्तुलित बनाउन साथै छोरीलाई शिक्षित बनाउन सप्ताहव्यापी कार्यक्रम हुन लागेको हो । छोरी, बुहारी तथा नातिनीलाई विशेष महत्व दिँदै समाजिक संजालमा पनि यो दिवस मनाउन अभियान चलाइएको छ । अभियानका क्रममा सामाजिक संजालमा छोरी, बुहारी तथा नातिनीसँगको फोटो पोस्ट गर्न आग्रह गरिएको छ । भारतमा छोरीको वर्षेनी लाखौं भ्रुणको हत्या हुने तथा दाइजो नल्याएकै कारण हरेक दिन २२ महिलाको हत्या हुने गरेको छ । यस्तै हरेक २२ मिनेटमा एक महिलाको बलात्कार हुने र हरेक ५ मिनेटमा एक महिला घरबाटै हिंसामा पर्ने गरेको तथ्यांक छ । 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment