सिरहा , ८ साउन । मनकामना ग्राममिण सडक निर्माण परियोजना लालपुर ९ र गरिनिवारण कोषको सहयोगमा एक सय १० मिटर बाटो मर्मत गरिएको छ । बाटो मर्मत पछि स्थानीय वासिन्दालाई सुविधाभएको निर्माण समितिका अध्यक्ष बेच्नीदेवी दासले बताईन ।
कोषको एक लाख ४६ हजार नौं सय ६२ रुपैयाँ सहयोग र स्थानीयको ४४ हजार ९ सय ४९ रुपैयाँको जनश्रमदानमा बाटो पुनः निर्माण भएको साझेदार संस्था महिला उद्धार सेवाकेन्द्र, गोलबजारका संयोजक दिपेश कुमार सिंहले जानकारी दिनुभयो ।
दुईवटा टोल जोड्ने बाटो वर्षौंदेखि मर्मत सम्भार नहुँदा मानिस हिड्न समेत समस्या हुनेगरेको स्थानीय प्रमिला कामतले बताए । उनका अनुसार बाटो गहिरो भइसकेकोले सानो पानीमा समेत पानी जमेर हिड्नै नसकिने अवस्था थियो अव राम्रो भएको छ ।
No comments:
Post a Comment