/ , , , / ढलबाट निकालिएको फोहर व्यवस्थापन हुन सकेन, सदरमुकाममा वढ्यो प्रदुषण

ढलबाट निकालिएको फोहर व्यवस्थापन हुन सकेन, सदरमुकाममा वढ्यो प्रदुषण


सिरहा, ८  साउन । वर्षायाम सुरु भएसँगै सिरहा नगरपालिकाले ढलभित्र थुप्रिएको फोहरजन्य सामग्रीलाई व्यवस्थापन गर्न जमर्को गरे । त्यसका लागि नगरपालिकाले ढलको फोहरमैला सफा र व्यवस्थापन गर्न जनशक्ति परिचालन गरे ।
ढलमा प्लास्टिकजन्य सामग्री थुप्रिएपछि पानीको बहाब समेत थुर्निपछि वर्षामा पानीको निकास नहुने भन्दै नगरपालिकाले ढल सफाईमा लाखौं लगानी गरी सफाई अभियान थालेका छन् । मनसुनी वर्षा सुरु भईसकेको अवस्था र आर्थिक वर्ष अन्तिम समयमा सिरहा नगरपालिकाले ढल सफाईमा जोड दिदै स्थानीय मजदुरहरुलाई ढलभित्रका फोहरमैला निकालेर व्यवस्थापन गर्न अह्राए।



नगरपालिका र सदरमुकाम समेत रहेको मुख्य बजारको महाविर चौकबाट ढलबाट फोहरजन्य सामग्री निकालेर व्यवस्थापनको कार्य थालेका मजदुरहरुले फोहरमैला त निकाले तर सडकमै छाडिएपछि दुगन्र्धले सवैभन्दा वढी पैदलयात्रीलाई सास्ती भएको छ । हेमनारायण चौकसम्म ९करिब डेढ किलोमिटर दुईतर्फी भएको ढलको० फोहरजन्य सामग्री निकाल्न मजदुरहरुलाई जिम्मा दिएपनि अनुगमनमा ध्यान नदिदाँ नागरीकले सास्ती भोग्न बाध्य छन् ।
ढल मा प्लास्टिकको बोतल, विभिन्न पेय पदार्थका खाली डब्बा, माटो पुडिएकोले पानीको बहाब थुनिदा सफाई अभियान थालिएको हो । तर ढलबाट निकालिएको फोहरजन्य सामग्री दुई साता वित्न लाग्दा सडकमै थुपारिएको छ । करिब साढे ३ लाखको लागतमा नगरपालिकाले ढल सफाई अभियानको सुरुवात गरेपनि सफाई कार्य सकिएको छैन । तुलनात्मक रुपमा ढल केही सफाई भएपछि वर्षाको पानीको बहाब समान्य अवरोधवीच भईरहेको छ तर ढलबाट निकालिएका फोहरजन्य सामग्री अझैं सडककै दुवैतर्फ थुपारिएको छ । ढलमाथि सडकमा थुपारिएको फोहरजन्य सामग्री वर्षामा फेरी ढलमै बग्न थालेको छ ।
जसले गर्दा पैदलयात्री र यातायात आवगमनमा समेत जटिलता थपिदिएको स्थानीयहरुको भनाई छ ।
नगरपालिकाले लाखौं लगानीमा सदरमुकामको मुख्य सडकमा ढल निर्माण गरेपनि ढक्कन निमार्ण गरी ढलमाथि नराख्दा वर्षेनी लाखौं रुपैयाँ फोहर निकाल्नमा खर्चिदै आएको छ । त्यसमा झन् निकालिएको फोहरको व्यवस्थापन नहुँदा पुनः ढलमै जाने सम्भावना र प्रदुर्षणको उच्च खतरा रहेको छ । ती फोहरजन्य सामग्रीका कारण असुरक्षित पैदलयात्रा गर्नुपर्ने र दुगन्र्धले रोग लाग्न सक्ने खतरा भएको चिकित्सकहरुको भनाई छ । ढलभित्रको फोहर बाहिर निकाल्नसाथ व्यवस्थापन गर्नुपर्नै हो तर त्यसो नगर्दा लामखुट्टेको टोकाईबाट सर्न सक्ने रोगहरुको जोखिम उच्च भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा दयाशंकर लाल कर्णले बताए ।

सडकमा थुपारिएको ढलभित्रको फोहरले पैदलयात्रीलाई समस्या भएको र प्रदुर्षणले स्वास्थ्यमा जोखिम वढाएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । तरपनि सिरहा नगरपालिकाले यसप्रति ध्यान दिन सकेको छैन् ।

यता, ढल पनि मापदण्ड र गुणस्तरहीन निमार्ण गरिएपछि पानीको बहाब रोकिएको र लामखुट्टेको बिगबिगीसँगै प्रर्दुषण वढेको छ । ढलको लेभेल नमिलेको, प्राविधिक दृष्टिकोणले कम गुणस्तर, भार र पानीको बहाबलाई थेग्न नसक्ने कारण ठाउँठाउँमा दुवैतर्फको पर्खाल टाँसिने अवस्थामा पुगेको छ । ‘यो तत्कालको लागि मात्रै हो । योजनावद्ध र व्यवस्थित तवरले ढल निमार्ण गरिएको छैन,’ युवा विवेक यादवले बताए । ‘त्यसैले पानीको बहाब रोकिने र प्रर्दुषण वढ्ने गरेको छ ।

वर्षायाम लक्षित गरी नगरपालिकाले विगत केही वर्षदेखि नियमित रुपमा लाखौं रकम ढलबाट फोहरजन्य सामग्री निकाल्न र व्यवस्थापन गर्न खर्च गर्दै आएको छ ।
सिरहा नगरपालिकाका सरसफाई शाखा प्रमुख सुरेश चोरबारले चार÷पाँच दिनमा ढलबाट बाहिर निकालिएको फोहरजन्य सामग्री व्यवस्थापन गरिसक्ने बताए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment