/ , , , , , / कलभर्ट निर्माण पछि स्थानीय खुसी

कलभर्ट निर्माण पछि स्थानीय खुसी

सिरहा , ८ साउन । वर्षामा हिडुलगर्न समस्या झेल्दै आएका वेतौनाका स्थानीय वासिन्दा कलभर्ट बनेपछि खुसि भएका छन् । गरिविनिवारण कोषको सहयोगमा महिला उद्धार सेवा केन्द्र गोलबजारसँगको साझेदारीमा गोलबजार–महनौर सडक अन्तर्गतको गोलबजार १२ बेतौनामा कलभर्ट निर्माण भएको हो ।
    चल्तीको बाटो भएपनि कुनै विकास निर्माणले छुन नसकेपछि स्थानीय चार वटा सामूदायीक संस्थाहरुको पहलमा सडक निर्माण गरिएको जनाएको छ । कलभर्ट निर्माण भएपछि वेतौना सहित बाटो हिड्ने वरपरका सवै खुसी भएको निर्माण समितिका अध्यक्ष जीतकुमारी सदायले बताईन् ।
स्थानीयको श्रमदानसहित ६ लाख ९९ हजार छ सय ४३ रुपैयाँको लागतमा कलभर्ट निर्माण भएको केन्द्रका गरिवि निवारण कार्याक्रम संयोजक दिपेश कुमार सिंहले जानकारी दिए ।
    क्लभर्ट तीनमहिना लगाएर स्थानीय चार संस्था महालक्ष्मी, विश्वकर्मा, जनहीत र लक्ष्मी सामुदायीक संस्थाले संयुक्त रुपमा कलभर्ट निर्माण गरेको हो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment