/ , , , / अम्बरको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि, उपप्रधानमन्त्री रावलले राष्ट्रिय झण्डा ओढाए

अम्बरको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि, उपप्रधानमन्त्री रावलले राष्ट्रिय झण्डा ओढाए

२५ जेठ, काठमाडौं । दिवंगत वरिष्ठ संगीतकार अम्बर गुरुङको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । हिन्दु र वौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो ।
आर्यघाटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले पार्थिव अन्तिम संस्कार गर्ने क्रममा बौद्ध लामाले बौद्ध संस्कारअनुसार मन्त्रोच्चारण गरेका थिए । त्यस्तै नेपाली सेना र नेपाल प्रहरीले सलामी अर्पण गरेका थिए ।
गीतकार र गायकसमेत रहेका गुरुङको ७९ वर्षको उमेरमा मंगलबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
यसअघि उनको पार्थिव शरिर अस्पतालबाट ल्याएर प्रज्ञा भवन कमलादीमा राखिएको थियो । कमलादीबाट शवयात्रासहित आर्यघाट पुर्‍याइएको थियो । गुरुङको अन्तिम बिदाइमा गीत–सङ्गीत क्षेत्रका व्यक्ति र सर्वसाधारण सहभागी थिए ।अनलाइनखबर
शरिरमा राष्ट्रिय झण्डा ओढाइ स्वर्गीय गुरुङप्रति सम्मान प्रकट गरे । तीन छोरामध्ये जेठा छोरा किशोरले दागबत्ती दिएका थिए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment