
बिशिष्ट पदाधिकारीहरुले राज्यकोषको दुरुपयोग गरी महंगा र ब्राण्डेड सामान लिने गरेको समाचार प्रकाशित गरेको थियो । राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीले महंगा र ब्राण्डेड सामान मगाएको माग फारमको फोटो सहितको विवरण सार्वजनिक गरेको थियो ।राष्ट्रपतिदेखि प्रधानमन्त्रीको निवासबाट प्राप्त भएको सामानको माग फारम मिडियालाई उपलब्ध गराएर बिशिष्ट पदाधिकारीको बद्धनाम गर्न खोजिएको आरोप लगाउँदै शहरी विकास मन्त्रालयले स्पष्टिकरण सोधेको हो । ‘गोप्य सूचना चुहाएर पदको दुरुपयोग गरेको र विशिष्ट पदाधिकारीको सामाजिक छवि धुमिल्याउने बद्नियत राखेको भनी स्पष्टिकरण सोधिएको छ,’ भवन सम्भारका कार्यालय स्रोतले भन्यो, ‘अहिले त स्पष्टिकरण दिन भ्याइनभ्याइ छ ।’
विशिष्ट पदाधिकारीहरुले राज्यको पैसा खर्च हुनेगरी चम्चा, कराइदेखि साबुन सेम्पु, टावेल, सोफा, पर्दा र पंखासम्म ब्राण्डेड सामान मगाउँदै आएका छन् । ‘प्रधानमन्त्रीले प्रकाशित समाचारप्रति चासो राख्नुभएको थियो । र कर्मचारीले महत्वपूर्ण सूचनाको सुरक्षा गर्न सकेको देखिएन,’ अनलाइनखबरको जिज्ञासामा शहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले भनिन्, ‘यस विषयमा के भएको हो भनी जानकारी मागिएको हो ।’
No comments:
Post a Comment