काठमाण्डौं, ८ जेठ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहित मधेशी मोर्चाका नेताहरू लाई कडा आलोचना गर्दै खुल्ला पत्र लेखेको २४ घण्टामा नै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ठूलै झटका दिने तयारी गरेका छन्। उपेन्द्र यादवबाट बारम्बार आलोचना र तिरष्कार गर्दै आफ्ना सहयोगीहरू मार्फत खुल्ला पत्र लेखे पछि अहिले सम्म त्यसको कुनै जवाफ नफर्काएका राजेन्द्र महतो पटक कडा जवाफ फर्काउने तयारीमा छन्। तर त्यो पत्र लेखेर होईन उनको पार्टी संगठन माथि नै प्रहार गरेर, संघीय समाजवादी फोरम नेपाल सँग आबद्ध मधेशी ट्रेड यूनियन महासंघलाई राजेन्द्र महतोले आफ्नो पार्टीमा आबद्ध गराउन सफल भएका छन्। कुनै पनि राजनीतिक दलको साँगठनिक ढाँचा कति मजबूत छ भने त्यसको आकलन पार्टीमा आबद्ध ट्रेड यूनियनहरूले थाहा हुन्छ। फोरम नेपालसँग शुरू देखिनै आबद्ध मधेशी कर्मचारी ट्रेड यूनियन महासंघ मधेशको एकमात्र ट्रेड यूनियन महासंघ हो जो ट्रेड यूनियन महासंघ अन्तर्गत दर्ता भएको छ। फोरम नेपाल मधेशको ठूलो पार्टी हुनुमा ट्रेड यूनियन महासंघको ठूलो भूमिका रहेको थियो। तर अब देखि मधेशी कर्मचारी ट्रेड यूनियन महासंघ राजेन्द्र महतो नेतृत्व गरेको सदभावना पार्टीमा आबद्ध हुने भएको छ। यसका लागि ट्रेड यूनियन महासंघले सम्बन्धित सरकारी कार्यालयमा औपचारिकता समेत पूरा गरेको छ। भोलि शनिवार औपचारिक रूपमै कार्यक्रम गरि राजेन्द्र महतोले मधेशी ट्रेड यूनियन महासंघलाई पार्टीमा प्रवेश गराउने भएका छन्। नाई संघका अध्यक्ष समेत रहेका महासंघका अध्यक्ष पल्टन ठाकुर पछिल्लो समय फोरम नेपालले आफ्नो नामबाट मधेशी शब्द हटाएर उपेन्द्र यादवले फोरमलाई मधेशी भन्दा पनि गैर मधेशीको पार्टी बनाउन खोजेको आरोप लगाउँदै अब उपरान्त महासंघले सदभावना पार्टी निकट भएर काम गर्ने सर्वसम्तिले निर्णय गरेको ठाकुरले दाबी गरेका छन् ।
No comments:
Post a Comment